Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

महेश सिंह लहान सिरहा – संघीय सरकारले हालै सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रको दरबन्दी सूचीलाई लिएर मधेश प्रदेशसहित देशका विभिन्न स्थानमा विरोध चर्किएको छ । विशेषगरी हेल्थ असिस्टेन्ट (एचए), सिएमए, एएनएम, ल्याब असिस्टेन्ट तथा रेडियोग्राफीसम्बन्धी प्राविधिक पद समावेश नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । तर स्वास्थ्य प्रशासनका अधिकारीहरूले भने यो विवाद संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारीबारे पर्याप्त स्पष्टता नहुँदा उत्पन्न भएको बताएका छन् ।
संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूची संघीय तहको पहिलो चरणको ‘अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट’ (ओ एन्ड एम) अन्तर्गतको प्रारम्भिक संरचना मात्रै भएको मन्त्रालय स्रोतको भनाइ छ । उक्त सूची मुख्यतः अति विशिष्टीकृत सेवा सञ्चालनका लागि आवश्यक पदमा केन्द्रित गरिएको जनाइएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार हाल अध्ययन–अध्यापन बन्द भइसकेका वा तत्काल संघीय संरचनामा आवश्यक नपर्ने केही प्राविधिक विधा पहिलो चरणमा समावेश नगरिएका हुन् । “यसलाई अन्तिम सूचीका रूपमा बुझ्नु गलत हुन्छ । संघीय तहमा तत्काल आवश्यक सुपर स्पेसलाइज्ड सेवाका पदलाई प्राथमिकतामा राखिएको हो,” ती अधिकारीले भने ।
स्वास्थ्य क्षेत्रका आधारभूत प्राविधिक जनशक्ति भने समुदायस्तरको सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएका कारण तिनको व्यवस्थापन मुख्यतः प्रदेश र स्थानीय तहको जिम्मेवारीभित्र पर्ने प्रशासनिक अधिकारीहरू बताउँछन् । संघीय संरचनाअनुसार स्थानीय अस्पताल, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति प्रदेश र पालिकाले नै निर्धारण गर्नुपर्ने व्यवस्था रहेको उनीहरूको भनाइ छ ।
प्रदेश सरकार र स्थानीय तहहरूले आवश्यक जनशक्तिको विवरण संकलन गरी छुट्टै दरबन्दी निर्धारण प्रक्रिया अघि बढाइसकेको जानकारीसमेत प्राप्त भएको छ । विशेषगरी ग्रामीण तथा समुदायस्तरका स्वास्थ्य संस्थामा प्राविधिक स्वास्थ्यकर्मीको माग उच्च रहेकाले आगामी चरणमा प्रदेश र पालिकाबाट ठूलो संख्यामा विज्ञापन खुल्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य प्रणालीअन्तर्गतको विस्तृत ओ एन्ड एम प्रक्रिया अझै जारी छ । आगामी चरणमा विभाग, मातहत निकाय तथा सूचना प्रविधि (आईटी) लगायत नयाँ प्रकृतिका प्राविधिक पदसमेत समेट्ने तयारी भइरहेको छ ।
प्रशासनिक अधिकारीहरूका अनुसार संघीय तहबाट सार्वजनिक गरिएको प्रारम्भिक सूचीलाई नै सम्पूर्ण स्वास्थ्य संरचनाको अन्तिम स्वरूपका रूपमा व्याख्या गरिँदा आन्दोलन र असन्तुष्टि बढेको हो । प्रदेश र स्थानीय तहले आफ्ना संगठन तथा व्यवस्थापन प्रक्रिया टुंग्याएपछि प्राविधिक स्वास्थ्यकर्मीसम्बन्धी माग क्रमशः सम्बोधन हुने उनीहरूको दाबी छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

विद्यालय छोड्ने जोखिममा रहेका किशोरीलाई साथ, समुदायले पनि गर्‍यो प्रतिबद्धता

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

भाडाको जग्गामा पसिना बगाउने किसान निराश, कृषि अनुदानमा पहुँच नपुगेको गुनासो

ADVERTISEMENT

ट्रेन्डीङ्ग

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

समाजसेवी तथा नेपाली कांग्रेसका नेता जयकिशोर यादवद्वारा नवराजपुर–१ गेरुवाहामा करिब ६० घरधुरीलाई झुल वितरण

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

शैक्षिक उपलब्धिमा सुधार, विद्यार्थीलाई थप मेहनत गर्न आग्रह

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

समाजसेवी जयकृष्ण यादवद्वारा नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.