महोत्तरी । भारतमा सोमवार हुने अठारौँ लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाल–भारत सीमा नाका सिल गरिएको छ। महोत्तरीसँग सीमा जोडिएका भारतको बिहारस्थित सीतामढी र मधुवनी जिल्लामा पाँचौँ चरणअन्तर्गत जेठ ७ गते मतदान हुँदैछ।
भारतीय सुरक्षाकर्मीले शनिवार मध्यरातदेखि नाकामा कडाइ गर्न थाले पनि साँझदेखि आवागमन पूर्ण रूपमा ठप्प पारेको सशस्त्र प्रहरीका एसपी विनोद केसीले जानकारी दिनुभयो।















