Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सप्तरीको महदेवा चिमटीमा आगलागी प्रभावितहरुका लागि सामुहिक शान्तिीभोज सुरु

सप्तरीको महदेवा चिमटीमा आगलागी प्रभावितहरुका लागि सामुहिक शान्तिीभोज सुरु

लहान ।मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललितपुरको सहकार्यमा सामुदायिक
सुरक्षा जालो कार्यक्रम अन्तरगत सामुहिक शान्ति भोजमा प्रभावित हरुलाई दैनिक बिहान
बेलुका भोजन पकाएर खुवाउने व्यवस्था गरीएको छ , जसमा सप्तरी युथ नेपालको पनि सहभागिता रहेका छन् । साथै मुक्ति नेपालको टीमले त्यहां तत्कालै के आवश्यक भन्ने विषयमा अनुगमन गरी रहेको छ र मनोविमर्श कर्ता खटाई घटनाका कारण भएको मनोसामाजिक समस्या व्यवस्थापन गराउने कार्य गरीरहेको छ ।

सप्तरीकमहदेवा गाँउपालिका १ चिमटीमा २०८१ बैशाख १८ गते भएको आगलागि बाट
करीब २०० परिवार विस्थापित भएको छ । उनीहरुको सबै सामान घर, अन्न, लत्ता कपडा
भाडो सबै पुर्णरुपमा जलेको छ । प्रभावित हुनेहरुमा सदाय, यादव र मुस्लिम समुदाय
रहेकोमा सबै भन्दा बढी सदाय। उनी हरु संग जीउमा लगाएको लुगा बाहेक केही छैन ।

बस्तीमा रहेको कल पनि सुकी सकेकोलेपानीकोपनि अभाव रहेको छ । प्रभावित हरुले आफ्नो समस्या भन्दाभन्दै भक्कानिन्छन्। ५५ वर्षिय हरीहर देवी यादव धेरै दुख गरी छोरा छोरी पालेर जसो तसो दुध
बेचेर उनीहरको गृहस्ती बसाएकी थिइन ।अहीले छोरा बुहारी ,नाती नातिना , पनाति
खेलाउदै राम्रै जीवन बिति रहेको थियो ।
कान्छो नाती वरुण यादवको भर्खर बिहे गरी
बुहारी भित्रियाएकी उनी अब दुःखका दिन बिते
भन्ने लाग्नै थालेको थियो कि आगलागिले सबै
लग्यो केही रह्न दीएन बुहारी संगै दीएको
गरगहना फर्निचरका सामान पैसा सबै जलेर सखाप भयो ,भन्दै भक्कानिन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

त्यस्तै राजेश सदा बैदेशिक रोजगारमा जानका लागि तेही दिन ५ लाख रुपया ल्याएर घरमा
राखेका थिये, साझ तीर एजेन्ट लाई दीनु थियो तर आगलागि हुदा सबै घरमै जल्यो उनकी
पत्नी रामरति सदा रुदै सुनाईन ।
करीयाही सदा खेत बाट काम गरेर फर्के पछि खाना खाएर एक छीन मात्र निदाएकी थिइन्।
उनको घरमा आगजनी हुदा थाल पाएन बुहारी आएर उठाउदा उनको लुगामा आगो सल्की
सकेको थियो जस्ले उनको पेट पोलेको छ साडी फुकालेर फेके पछि उनी संग लगाउने
लुगानै थियेन जसो तसो आफ्नो ज्यान जोगाउन सकेको बताउछीन्।

रविलाल सदाको छोरा देवतु सदा आफ्नो
छोराको विवाह बैशाखको अन्त तीर गर्ने सबै
तयारी भै सकेको र बीहेकालागि धेरै सामान
जोहो गरी सकेको थियो । बटैया खेत बाट
उपजाएको अन्न र केही किनेर राखेको जम्मा ,
चामल (२० मन ) धान ( १५मन ) गहु ( १०
मन ) प्याज १० मन , आलु ५ मन र
किरानाका सामान सहीत सबै जल्यो अब घर नै
छैन छोराको विवाह कसरी र कहा बाट गर्ने भन्ने चिन्ताले सताइरहेको बताउछन्।
वडा बाट उनी हरुलाई ३ किलो मुरही , एक पोका
नुन, दुई पैकेट चाउचाउ, एक त्रिपाल , एक साडी ,
र एक झुल दीएको छ । भने नेपाल शसस्त्र प्रहरी
द्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण
गरीएको छ ।

बस्तीमा प्रायः सबै प्रभावित संग ज्यानमा लगाएको
लुगा बाहेक केही छैन । रींकु देवी सदा भन्छीन्। वडा
बाट दीएको साडी मात्र छ पेटीकोट र ब्लाउज एउटा मात्र छ । त्यसैलाइ धोएर सुकाउछु
अनी लगाउने गर्छु । खाना पकाउन भाडो बर्तन अन्न केही छैन , बस्नका लागि यस्तो चर्काे
घाम र हवाहुरीमा ओत पनि छैन । ओछ्याउने केही छैन, सानो सानो बच्चा छ कसरी बस्ने
रात भरी निद्रा लाग्दैन, बच्चाहरुलाई कुरेर रात बिताउने गर्छु ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...