रौतहट ।रौतहटको गौर नगरपालिका–४ गडवा टोलमा मंगलबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट २८ वर्षीय राकेश यादव घाइते भएका छन्।
पानी ट्याङ्की नजिक गोली लागेर घाइते भएका यादवलाई प्रादेशिक अस्पताल गौरमा उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन्।















