सिरहा। अवैध रुपमा चोरी निकासी गरी भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेका अवस्थाबाट करिव एक लाख साठी हजार मूल्य बराबरको हारा मटर प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा भारतको लदनियाबाट सिरहाको लहानतर्फ लग्दै गरेको अवस्थामा धनगढी वडा नं. १ बाट सिटी रिक्सामा राखेर १०० वटा बोरा प्याक गरेको हारा माटर इलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको छ ।
बरियारपट्टिमा छोटी भन्सार कार्यालायका प्रमुख शम्भु कुमार केसीका अनुसार घर प्रयोजनको लागि लगिएकोले थोरै भन्सार काटी उक्त सामाग्री नेपाल भित्र्याउन दिइएको वताइएको छ । यद्यपि प्रति बोरा ३० के.जी. हारा मटर लेखिएको भए पनि भन्सार कार्यालयले प्रति बोरा २५ के.जी.को दरले सामान्य भन्सार लिएकोले पनि भन्सार कर्मचारी र तस्करबीचको मिलोमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।
जेष्ठ १५ गते विदाका दिन भन्सार बन्द भए पनि एकै जनाको हरा मटरलाई विभिन्न व्यक्तिको नाममा भन्सार काटीएको देखिएको छ । पक्राउ परेको अवैध सामा सिरह भन्सार कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिनुभयो ।















