तनहुँ, ७ असार ।नाबालिक १२ वर्षीया लाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना लाई प्रहरीले पक्राउ गरिएको छ।
पक्राउ परेमा म्याग्दे गाउँपालिका- ५ थाङ्दी डेरा गरी बस्ने गोरखा चुनमुवी गाउँपालिका-३ घर भएका ४३ वर्षीय चन्द्र बहादुर गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले ती बालिकालाई गत बैशाख १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।















