Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मधेस प्रदेशकै गुणस्तरीय र नमूना बिधालय सगरमाथा स्कुल तथा हिम्स कलेज

महेश सिंह लहान सिरहा,- मधेस प्रदेशमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध हुँदाहुँदै पनि अध्ययनका लागि विद्यार्थी काठमाडौं, विराटनगरलगायतका सहरतर्फ पलायन हुने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। उनीहरूले प्रदेशभित्रै रहेका शैक्षिक संस्थालाई सुदृढ बनाउँदै दक्ष, अनुशासित र जीवनोपयोगी सीपयुक्त जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

सिरहाको मिर्चैया नगरपालिकास्थित हिम्स कलेजले शनिबार आयोजना गरेको पहिलो स्नातक (ब्याचलर) ब्याचका विद्यार्थीको बिदाइ तथा नयाँ विद्यार्थी स्वागत कार्यक्रममा वक्ताहरूले मधेस प्रदेशलाई गुणस्तरीय उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेशका सह–परीक्षा नियन्त्रक रामहित यादवले प्रमुख अतिथिको आसनबाट बोल्दै शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने वा प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई अनुशासित, विवेकशील र जिम्मेवार नागरिक निर्माण गर्ने प्रक्रिया भएको बताए। विद्यार्थीले पाठ्यपुस्तकका धेरै कुरा समयसँगै बिर्सन सक्ने भए पनि जीवनभर साथ दिने ज्ञान, संस्कार, चरित्र र व्यवहार नै वास्तविक शिक्षा हुने उनको भनाइ थियो। विज्ञान र प्रविधिको ज्ञानसँगै नैतिक शिक्षा तथा सामाजिक उत्तरदायित्वको विकास अपरिहार्य रहेको उनले बताए।

ADVERTISEMENT
ADVERTISEMENT

कलेजका संस्थापक प्रदीप तिवारीले मधेस प्रदेशमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले ‘लाइफ लर्निङ एजुकेसन’को अवधारणाअनुसार शिक्षण सञ्चालन भइरहेको बताए। प्राविधिक शिक्षासँगै नैतिक शिक्षा, जीवनोपयोगी सीप, अनुशासन, लगनशीलता र गुणस्तरीयतालाई प्राथमिकतामा राखेर विद्यार्थी तयार पारिरहेको उनले बताए। “जीवनभर सिकिरहने संस्कार नै सफलताको आधार हो,” उनले भने।

कलेजका प्रिन्सिपल सञ्जयकुमार साहले पहिलो स्नातक ब्याचका विद्यार्थीले विभिन्न चुनौती पार गर्दै कलेजको इतिहासमा नयाँ अध्याय थपेको बताए। कलेजबाट प्राप्त ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्दै समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक बन्न उनले विद्यार्थीलाई आग्रह गरे।

कार्यक्रममा सत्यनारायण मरबैता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेश्वर यादव, सागरमाथा स्कुल अफ इन्स्टिच्युसनका भुवन वाग्ले, एभरेष्ट कलेजका प्रमुख धरनीधर अधिकारी तथा हिम्स कलेजका प्रमुख प्रवेश तिवारीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

ADVERTISEMENT

एभरेष्ट कलेजका प्रमुख धरनीधर अधिकारीले मधेस प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेशभित्रका विद्यालय तथा कलेजलाई नै रोज्ने वातावरण निर्माण गर्नुपर्ने बताए। “एकातिर मधेस समृद्धिको कुरा गर्ने र अर्कोतर्फ आफ्नै प्रदेशका विद्यार्थीलाई बाहिर पठाउने प्रवृत्तिले प्रदेशको शैक्षिक र आर्थिक विकास कमजोर बनाएको छ,” उनले भने। प्रविधिमैत्री र व्यवहारिक शिक्षामार्फत आत्मनिर्भर तथा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो।

कार्यक्रममा पहिलो स्नातक (ब्याचलर) ब्याचका १४ जना विद्यार्थीलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो भने नयाँ शैक्षिक सत्रका विद्यार्थीलाई स्वागत गरिएको थियो। विद्यार्थीको सफलतामा अभिभावकको महत्वपूर्ण भूमिका रहेको भन्दै अभिभावकलाई समेत सम्मान गरिएको कलेजले जनाएको छ।

हिम्स कलेजका अनुसार कार्यक्रमले नयाँ र पुराना विद्यार्थीबीच अनुभव आदान–प्रदान, प्रेरणा र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै मधेस प्रदेशमै गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सकिने स्पष्ट सन्देश दिएको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.