Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट


२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

प्रदिप सिंह
लहान।सिरहाको लहान नगरपालिका ३ रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा २०६० सालका एसएलसी ब्याचका विद्यार्थीहरूले भेटघाट तथा शिक्षक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्।

लामो समयपछि एकै ठाउँमा भेला भएका पूर्वविद्यार्थीहरूले आफूलाई शिक्षा प्रदान गर्ने शिक्षकहरूलाई सम्मान गर्दै पुराना सम्झना साटासाट गरेका थिए। कार्यक्रममा सम्मानका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र मैथिली गायक मुकेश यादवको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो।मोहम्मद रइज आलमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पूर्वशिक्षक रासलाल सिंहले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। कार्यक्रमको उद्घोषण पुष्कर खतिवडाले गरेका थिए।

ADVERTISEMENT

कार्यक्रममा विद्यालयकी संस्थापक तथा सञ्चालक ललिता देवी कुशवाहाले शिक्षकहरूको मेहनत र योगदानकै कारण विद्यालयले अहिलेको उचाइ हासिल गरेको बताइन्। आफ्ना शिष्यहरू विभिन्न क्षेत्रमा उच्च स्थानमा पुगेको देख्दा गर्व महसुस भएको उल्लेख गर्दै उनले पुनः भेटघाट गर्न पाउँदा खुसी व्यक्त गरिन्। साथै, आगामी दिनमा विद्यालयमा आउने शिक्षकहरूको गुणस्तरबारे चिन्तासमेत व्यक्त गरिन्।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवशंकर महतो, शिक्षकहरू ओमप्रकाश महतो, शिक्षिका सुभद्रा आचार्य, रेणु देवी सिंह, चन्देश्वर महतो, रामनारायण शाह, पशुपति शाह, उपेन्द्र यादव, बद्री यादव, श्यामसुन्दर महतो, पुनम यादव तथा पूर्वशिक्षक राजकुमार चौधरी र श्रीराम महतोको उपस्थिति थियो। विद्यालयमा अङ्ग्रेजी माध्यम सञ्चालन गर्ने शिक्षक श्यामसुन्दर महतो पनि सहभागी थिए।

त्यस्तै, २०६० सालका एसएलसी ब्याचका दिवंगत विद्यार्थी स्वर्गीय लक्ष्मण महतोकी श्रीमती सूर्यकला महतो र स्वर्गीय सरोज शर्माकी आमा तुत्की देवी शर्माको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमका संयोजक दीपक शाह र शिवराम महतोले पुराना साथीहरूबीचको सम्बन्धलाई पुनः जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कुनै साथी वा उनको परिवारमा समस्या आइपरे सधैँ साथ र सहयोग गर्ने प्रतिबद्धतासमेत उनीहरूले व्यक्त गरे।

कार्यक्रमले पूर्वविद्यार्थी र शिक्षकबीचको आत्मीयता गुरुहरूप्रतिको सम्मान र पुरानो मित्रतालाई पुनः जीवन्त बनाएको थियो।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाहीमा मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अज्ञात समूहको गोली प्रहारबाट २८ वर्षीय युवक घाइते

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

 

Loading Comments...