काठमाडौं ।नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा वृद्धि गरेको छ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९–९ रुपैयाँ वृद्धि गरेको हो। यस्तै, हवाई इन्धन (आन्तरिक तर्फ) प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेलको १७२ र मट्टितेलको १७२ रुपैयाँ हुनेछ। हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ। एलपी ग्यासमा भने मूल्य वृद्धि गरिएको छैन।















