पर्सा।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले प्रतिबन्धित लागूऔषध गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेका हुन् ।
ईलाका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले चितवन बाट भारतको सुगौली तर्फ जादै गरको BR06BH5496 न.को कारलाई रोकी चेकचाज गर्ने क्रममा पछाडी सिट मुनि लुकाई छिपाई राखिएको लागू औषध गाँजा सहित २० किलो ६८७ ग्राम सहित कार र चालकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामढी ग्राम पञ्चायत तालका डुम्रा वडा नम्बर ३३ बस्ने बर्ष ३३ को रहम्द अंसारी रहेको पर्सा प्रहरीले जनाएको छ।















