Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अदालतको आदेशमा रोकियो पोखरा फूलबारी रिसोर्टको लिलामी

अदालतको आदेशमा रोकियो पोखरा फूलबारी रिसोर्टको लिलामी
पोखरा । पोखराको फूलबारी रिसोर्टको लिलाम प्रक्रिया अदालतको आदेशमा स्थगित भएको छ । बिहीबार उच्च अदालत पाटनले अन्तरकालीन आदेश दिएपछि लिलामको प्रक्रिया रोकिएको हो । २०५५ सालमा लिएको १ अर्ब ३१ करोड रुपैयाँ ऋण तिर्न नसकेपछि ऋण दिने बैंकहरुले रिसोर्ट लिलामको प्रक्रिया अघि बढाएका थिए । बैंकहरुले अघि बढाएको प्रक्रिया अनुसार धितो लिलामीको लागि गोप्य शिलबन्दी मार्फत आवेदन दिने बिहीबार अन्तिम दिन हो । तर रिसोर्ट सञ्चालक पियुषबहादुर अमात्यले लिलाम प्रक्रिया रोक्न दिएको निवेदनमाथि काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले बिहीबार नै सुनुवाइ गरे ।
उच्च अदालत पाटनका न्यायाधीश धिरबहादुर चन्दको इजलासले अन्तरिम आदेशका लागि १५ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ र सो दिनसम्म लिलामी प्रक्रिया अघि नबढाउन अन्तरकालीन आदेश दिएको छ । तर जिल्ला अदालत काठमाडौंका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले बुधबार र बिहीबारको सुनुवाइपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ र लिखत प्रमाण झिकाउने आदेश दिएको छ ।
रिसोर्टमा नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक (साविकको एनआईडीसी डेभलपमेन्ट बैंक समेत) र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । जसमध्ये नेपाल बैंकले ६५ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३५ करोड, कर्मचारी सञ्चय कोषले ३१ करोड रुपैयाँ लगानी गरेका थिए । हाल सो ऋणको साँवा र ब्याज गरी ४ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल बैंकले ३ असारमा रिसोर्ट सञ्चालक अमात्य र उनकी श्रीमतीको नाममा रहेको धितो लिलामीको सूचना प्रकाशित गरेको थियो ।
ऋण तिर्न पटक–पटक म्याद थप गर्दा समेत नतिरेपछि लिलामी गर्नुपरेको नेपाल बैंकका प्रवक्ता प्रकाश अधिकारी बताउँछन् । रिसोर्टको १२४ रोपनी ११ आना, अमात्यको नामको ६ रोपनी २ आना र उनको श्रीमती गंगा अमात्यको नामको ७ रोपनी जग्गा बैंकले लिलामीमा राखेको छ ।
बैंकले रिसोर्टको चल अचल सम्पत्ति, आफ्नो र श्रीमतीको नाममा रहेको जग्गा समेत लिलाम गर्ने भएपछि अमात्यले लिलामीको सूचना निकाल्ने बैंकहरुविरुद्ध २४ असारमा काठमाडौं जिल्ला अदालतमा निषेधाज्ञाको निवेदन दिएका थिए । उनले ४ साउनमा उच्च अदालत पाटनमा पनि रिट दायर गरेका थिए । बैंकले निकालेको लिलामीको सूचना अनुसार गोप्य शिलबन्दी पेश गर्ने अन्तिम दिनसम्म एउटा मात्रै निवेदन पेश भएको छ । पाटन उच्च अदालतको आदेश अनुसार १५ साउनसम्म सिलबन्दी बोलपत्र नखोलिने नेपाल बैंकका प्रवक्ता प्रकाश अधिकारीले बताए । नेपाल भ्रमण वर्ष १९९८ लाई लक्षित गरी सञ्चालनमा आएको यो रिसोर्टलाई बैंकहरुले सञ्चालनमा आएको वर्ष नै ऋण लगानी गरेका थिए । तर, उक्त रिसोर्टमा लगानी गरेको ऋण असुल नभएपछि बैंकहरु कर्जा उठाउन धितो लिलामीको प्रक्रिया अगाडि बढाएका हुन् ।
माओवादीको सशस्त्र द्वन्द्वको समयमा सञ्चालनमा आएको रिसोर्टले सुरुदेखि नै राम्रो व्यापार गर्न सकेन । रिसोर्टले ऋण नतिरेपछि बैंकले २०५८ मा नै कालोसूची (खराब ऋणीको) मा राखेको थियो । त्यसपछि २०७१ सालमा आएर बैंकको ऋण व्यवस्थापन गरी रिसोर्ट सञ्चालन गर्ने प्रयास सफल भएन । २०७१ सालमा भारतीय चेन होटल क्लार्क ग्रुपसँगको साझेदारीमा होटल चलाउन सम्झौता भएको थियो । तर, थप लगानी नभएपछि रिसोर्ट चल्न सकेन । बैंकमा तिर्नुपर्ने ऋणको मात्रा बढ्दै गयो । २०७६ सालमा रिसोर्ट सञ्चालक अमात्यले होटल मेरियटसँग व्यवस्थापन सम्झौता गर्दै रिसोर्ट सञ्चालन गर्ने र बैंकबाट लिएको ऋण तिर्नेगरी बैंकसँग सम्झौता गरे । तर, उक्त सम्झौता अनुसार पनि रिसोर्ट नचलेपछि लिलामी गर्ने निर्णयमा पुगेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बताउँछन् ।
‘रिसोर्ट सञ्चालन गर्ने र ऋण तिर्ने भनेपछि २०७६ मा ऋणको पुनसंरचना/पुनर्तालिकीकरण सम्झौता भयो’, उनले भने, ‘उक्त सम्झौता शर्त तथा सह–वित्तीयकरणमा सहभागी बैंक तथा वित्तीय संस्थाको नियम उल्लंघन भएपछि धितो लिलाम गर्न लागेको हो ।’ १ कात्तिक २०७६ मा ऋण पुनर्संरचना हुँदा साँवा एक अर्ब ३१ करोड र ब्याज दुई अर्ब ३६ करोड गरी कुल तिर्नुपर्ने ऋण ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो । तर, त्यतिबेला भएको सम्झौता अनुसार ऋणीले कुनै पनि काम नगरेको सीईओ श्रेष्ठले बताए ।
रिसोर्टलाई सरकारले रुग्ण उद्योग घोषणा गरेर आवश्यक सेवा सुविधा सहयोग गर्ने निर्णय गरेको थियो । २६ जेठ २०७१ मा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले फूलबारी रिसोर्टलाई रुग्ण उद्योग घोषणा पनि गर्‍यो । रिसोर्ट सञ्चालक अमात्यले द्वन्द्वकालमा होटल सञ्चालन गरेको भन्दै २१ मंसिर २०७३ मा मूल्य अभिवृद्धि कर र राजश्व करमा छुट माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । तर पुस २०७४ मा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले कर छुट दिन नमिल्ने फैसला सुनाएको थियो ।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.