Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सखुवानन्कारकट्टीमा कांग्रेसको चियापान, युवा नेतृत्व र संगठन सुदृढीकरणमा जोड

सखुवानन्कारकट्टीमा कांग्रेसको चियापान, युवा नेतृत्व र संगठन सुदृढीकरणमा जोड

महेश सिंह,लहान सिरहा -सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा समाचकेवा पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेस वडा कार्यसमितिले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ।

नेपाली कांग्रेस वडा कार्यसमिति सखुवानन्कारकट्टी गाउँपालिका–१ को आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासी गरी सयौँको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुनिल कुमार महतोले पार्टीका नेता तथा कार्यकर्तालाई निराश नभई उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न आग्रह गरे। उनले पालिकादेखि वडा तहसम्म हुने आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT
ADVERTISEMENT

पार्टीभित्र गुटबन्दी र अन्तरघात अन्त्य गरी आपसी एकता, सहकार्य र विश्वासका आधारमा संगठनलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो। कांग्रेसको चुनाव चिह्न चारतारे झण्डा र रुखप्रति प्रतिबद्ध रहँदै पार्टीको हितमा काम गर्न उनले कार्यकर्तालाई आह्वान गरे।

कार्यक्रमका क्रममा नेपाली कांग्रेस सिरहाका जिल्ला सचिव शैलेन्द्र यादवलाई आगामी निर्वाचनमा उपयुक्त जिम्मेवारी तथा टिकट प्रदान गर्नुपर्ने विषयसमेत उठाइएको थियो। उनको शैक्षिक योग्यता, सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान र जनतामाझ रहेको लोकप्रियतालाई आधार बनाउँदै पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको हो। योग्य, सक्षम र जनतासँग जोडिएका व्यक्तिलाई अवसर दिनुपर्नेमा सहभागी नेताहरूले जोड दिएका थिए।

ADVERTISEMENT

यस्तै, वडा सभापति सन्तोष कुमार यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ सिरहाका सभापति पप्पु यादव, गाउँपालिका अध्यक्षका प्रत्यासी शत्रुधन प्रसाद यादव, विशिष्ट अतिथि शैलेन्द्र यादव, ललिता यादव तथा पूर्व वडा सभापति बासुदेव यादवको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा युवाहरूलाई नेपाली कांग्रेससँग जोड्दै संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरिरहेका वडा सभापति सन्तोष कुमार यादवको नेतृत्वको सहभागी नेता तथा कार्यकर्ताले प्रशंसा गरेका थिए। युवालाई पार्टीमा आकर्षित गर्ने, संगठनलाई चलायमान बनाउने र स्थानीयस्तरमा कार्यकर्ताबीच एकता कायम गर्ने उनको प्रयास सकारात्मक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रमको समापन गर्दै वडा सभापति यादवले पार्टीभित्र गुटबन्दी र अन्तरघात हुन नहुनेमा जोड दिए। आफू पार्टीमा गुटबन्दी र आपसी विभाजनको पक्षमा नरहेको उल्लेख गर्दै उनले चारतारे झण्डा र रुख चिह्नप्रति विश्वास राखेर सबै कांग्रेसजन एकताबद्ध हुनुपर्ने बताए।

उनले पार्टीको विचार, सिद्धान्त र संगठनलाई बलियो बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने अभियानमा सबैलाई साथ दिन आग्रह गरे।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले कांग्रेसले स्थानीय तहमा सक्षम र ऊर्जाशील युवा नेतृत्व पाएको भन्दै वडा सभापति यादवको भूमिकाको प्रशंसा गरेका थिए। समाचकेवा पूर्णिमाको शुभकामना आदानप्रदानसँगै पार्टी संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीबारे समेत छलफल भएको थियो।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

सत्य, न्याय र पुनःस्थापनाको माग गर्दै लहानमा द्वन्द्वपीडितको आवाज बुलन्द

भोकालाई भोजन, प्यासिलाई पानी’ नारासहित लहानमा मानवीय सेवा अभियान

भोकालाई भोजन, प्यासिलाई पानी’ नारासहित लहानमा मानवीय सेवा अभियान

आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै बर्छवामा आँखा शिविर

आर्थिक अभावमा उपचारबाट वञ्चित नागरिकलाई लक्षित गर्दै बर्छवामा आँखा शिविर

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै

सखुवानन्कारकट्टीमा कांग्रेसको चियापान, युवा नेतृत्व र संगठन सुदृढीकरणमा जोड

सखुवानन्कारकट्टीमा कांग्रेसको चियापान, युवा नेतृत्व र संगठन सुदृढीकरणमा जोड

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

लोडसेडिङमुक्त देश बनाउने अनुभव अब राजनीतिक सुधारमा लगाउने कुलमानको प्रतिबद्धता

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

२०६० सालका एसएलसी ब्याचद्वारा गुरुहरू सम्मानित, पुराना सम्झनासँगै भव्य भेटघाट

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ, जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिएको परिवारको आरोप

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

इनरुवाका महादेव मेहता गाँजा सहित प्रहरीको नियन्त्रणमा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.