सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा कार्यरत
अजय कुमार कएणले करोडौं ठगी गरेको
आरोप छ। करार कर्मचारी कर्णले
किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने
आश्वासन दिँदै करोडौं ठगी गरि फरार
भएका छन् ।
कर्मचारी कर्ण फरार भए पछि पीडित
किसानहरू बिचल्लीमा परेका छन् । उनीहरु
ट्र्याक्टर नपाएपछि रकम फिर्ताको आशमा
बसेका छन् । कर्ण संग बारम्बार रकम फिर्ता
मागेपछि उनले ग्लोबल बैंक, नबिल बैंकका
चेक दिएका थिए तर उक्त खातामा ब्यालेन्स
नदेखिएपछी पीडितले चेक बाउन्स गराएका
छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका
अनुसार फरार रहेको कर्णको खोजी कार्य
जारी रहेको छ। प्रहरी प्रवक्ता रवीन्द्रराज
पाण्डेले प्राप्त भएका निवेदनको आधारमा
बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी
कारबाही अगाडि बढाइने बताए ।
आफूहरूलाई प्रलोभनमा पारी रकम असुली
गरिएको औरही गाउँपालिका-२ स्थित
तुलसीपुरकी पुनिता महतोले बताइन् । उनले
भनिन्, “ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति
हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि
भएकाले विश्वास गरी ट्र्याक्टर पाउने
आशले अग्रिम अनुदानको आधा रकम
बुझाइयो । तर अहिले न ट्र्याक्टर पाइयो, न
रकम फिर्ता नै ।” उनका अनुसार कर्णले गत
कात्तिक १९ र २० गते नबिल र ग्लोबल
आइएमई बैंकको चेक दिएका थिए । तर
उक्त खातामा पर्याप्त रकम नभएको बैंकले
बताएको थियो ।















