काठमाडौं– पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यो सम्मान प्रदान गर्नेछन्।
नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा लामो समयदेखि जारी छ।
सेनाध्यक्ष द्विवेदीले भ्रमणका क्रममा सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, प्रधानसेनापति अशोक राज सिग्देलसँग भेट, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण तथा कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। साथै, उनी पश्चिम पृतना मुख्यालयको भ्रमण र प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग भेटवार्ता पनि गर्नेछन्।















