शुरेस यादब जनकपुर २९ जेष्ठ ।जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुवाहक बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
लु.२.ख ३८४१ नम्बरको रात्री बस आज बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर सो दूर्घटना भएको हो । दूर्घटनामा परी ३२ यात्रु घाइते भएका छन् । उनिहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पतालमा पुर्याइएको रुपन्देही प्रहरीले जनाएको छ ।















