Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

प्रदिप सिंह लहान, २७ वैशाख ।
आजको समयमा धेरै विद्यालयहरू पढाइमा मात्र सीमित भइरहेका बेला सिराहामा एउटा यस्तो विद्यालय सञ्चालनमा आएको छ, जहाँ विद्यार्थीलाई किताबको ज्ञानसँगै व्यवहारिक सीप, संस्कार र जीवन उपयोगी शिक्षा पनि सिकाइन्छ। बालबालिकालाई सानैदेखि अनुशासन, आत्मविश्वास, सिर्जनशीलता र व्यवहारिक ज्ञान दिनुपर्ने उद्देश्यका साथ सञ्चालनमा आएको यस विद्यालयले छोटो समयमै अभिभावकहरूको ध्यान आकर्षित गर्न सफल भएको छ।
विद्यालयमा परम्परागत पढाइभन्दा फरक शैली अपनाइएको छ। यहाँ विद्यार्थीलाई कक्षाकोठाभित्रको अध्ययनसँगै विज्ञान प्रयोग, कम्प्युटर शिक्षा, फार्मिङ, खेलकुद, अतिरिक्त क्रियाकलाप तथा दैनिक जीवनसँग जोडिएका व्यवहारिक अभ्यासमार्फत सिकाइ गराइन्छ। विद्यालय प्रशासनका अनुसार बालबालिकाको समग्र विकासका लागि सिर्जनशील र बालमैत्री वातावरण तयार गरिएको छ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ३ मेद्निपुर स्थित लक्ष्य शिक्षा सदन विद्यालय ले “शिक्षा, सीप र संस्कार” लाई मूल उद्देश्य बनाएर २०८३ सालदेखि आफ्नो शैक्षिक यात्रा सुरु गरेको हो। विद्यालयमा हाल मन्टेस्वरीदेखि कक्षा ५ सम्म कक्षा सञ्चालन हुँदै आएको छ भने थप पूर्वाधार निर्माणको कार्यसमेत तीव्र रूपमा अघि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयलाई नेसनल लेभलको विद्यालयका रूपमा सञ्चालन गरिएको बताइएको छ।
विद्यालयका प्रधानाध्यापक मनोज कुमार कर्ण का अनुसार यहाँ केवल पाठ्यपुस्तकमा आधारित शिक्षा नभई विज्ञान, जीवनसँग जोडिएका व्यवहारिक गतिविधि, सीपमूलक अभ्यास तथा संस्कारयुक्त शिक्षालाई प्राथमिकतामा राखिएको छ। दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकामार्फत विद्यार्थीलाई आधुनिक र व्यवहारिक शिक्षा प्रदान गरिँदै आएको उनले बताए।
२ बिघा क्षेत्रफलमा फैलिएको विद्यालयमा अत्याधुनिक भवन, आधुनिक फर्निचर, कम्प्युटर ल्याब, साइन्स ल्याब, इनोभेसन ल्याब, स्विमिङ पुल तथा फार्मिङमार्फत सीपमूलक शिक्षाको व्यवस्था गरिएको छ। विद्यालयले विद्यार्थीलाई सानैदेखि आत्मनिर्भर, अनुशासित र व्यवहारिक बनाउन विभिन्न प्रयोगात्मक गतिविधिमा सहभागी गराउँदै आएको जनाएको छ।
विद्यालयकी शिक्षिका पूजा जोशी का अनुसार विद्यालयमा प्रत्येक दिन अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ। बालबालिकाको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सिर्जनशीलता बढाउन नृत्य, खेलकुद, वक्तृत्वकला, विज्ञान प्रयोग लगायतका गतिविधि नियमित रूपमा गराइँदै आएको उनले बताइन्।
विद्यालय प्रशासनका अनुसार आधुनिक शिक्षा, व्यवहारिक सीप र संस्कारयुक्त शिक्षालाई एकसाथ अघि बढाउँदै लक्ष्य शिक्षा सदन विद्यालय अहिले सिरहामै फरक सोच र नेसनल लेभलको शैक्षिक अवधारणासहित सञ्चालन भइरहेको विद्यालयका रूपमा चिनिन थालेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

एसईई पूरक परीक्षा नतिजा : ८३ हजार ५६४ उत्तीर्ण, ५९ हजार ६९३ अनुत्तीर्ण

अनेरास्ववियुद्वारा परीक्षा उत्तरपुस्तिका परीक्षणमा सुधारको माग

कक्षा १२ मौका परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षाफल सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

सरकारी बेवास्ताले फेरि आन्दोलनको बाटोमा शिक्षक महासङ्घ

सरकारी बेवास्ताले फेरि आन्दोलनको बाटोमा शिक्षक महासङ्घ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.