Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

  महेश सिंह लहान,- जैविक विविधताको संरक्षण, अभिलेखीकरण तथा समुदायस्तरमा संरक्षण चेतना विस्तार गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूलाई लक्षित गरी दुई दिने क्षमता विकास तालिम सम्पन्न गरिएको छ।

केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) र राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत आयोजित तालिममा ९ वटा सामुदायिक वन उपभोक्ता समूहबाट छनोट गरिएका संरक्षण अभियन्ताहरू सहभागी भएका थिए।

ADVERTISEMENT

तालिमको पहिलो दिन जैविक विविधता संरक्षण, अभिलेखीकरण विधि, सामुदायिक वनको भूमिका तथा नागरिक वैज्ञानिकको अवधारणाबारे सैद्धान्तिक प्रशिक्षण दिइएको थियो। दोस्रो दिन सहभागीहरूलाई फिल्डमा लगेर वन क्षेत्रमा रहेका जैविक स्रोतहरूको पहिचान, अभिलेखीकरण र तथ्यांक संकलनसम्बन्धी अभ्यास गराइएको आयोजकले जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रम अधिकृत टेकेन्द्र शाहका अनुसार तालिमपछि सहभागीहरूले आफ्ना समुदायमा जैविक विविधताको अभिलेखीकरण गर्ने, संरक्षणसम्बन्धी जनचेतना फैलाउने तथा सामुदायिक वन उपभोक्ता समूहहरूमा नागरिक वैज्ञानिकका रूपमा वन संरक्षणसम्बन्धी कक्षा सञ्चालन गर्नेछन्।

“स्थानीय समुदायलाई संरक्षणको प्रत्यक्ष साझेदार बनाउने उद्देश्यले नागरिक वैज्ञानिकको अवधारणा अघि सारिएको हो,” शाहले भने, “यसले वन तथा जैविक विविधताको संरक्षणमा समुदायको स्वामित्व र उत्तरदायित्व बढाउने अपेक्षा गरिएको छ।”

तालिमको सहजीकरण जगदीश भट्ट र टेकेन्द्र शाहले गरेका थिए। कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपालका संरक्षण परियोजना अधिकृत शोभा पासमान, महासंघका मधेश प्रदेश सचिव यामुन प्रसाद यादवलगायतको उपस्थिति रहेको थियो।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष चन्देश्वर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीहरूले सिकेका ज्ञान र सीपलाई समुदायस्तरमा प्रयोग गरी वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

वन क्षेत्रमा बढ्दो मानवीय दबाब, जलवायु परिवर्तन र जैविक विविधतामाथि बढ्दै गएको जोखिमका बीच स्थानीय समुदायको क्षमता अभिवृद्धिमार्फत संरक्षण प्रयासलाई सुदृढ बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको आयोजक संस्थाहरूले बताएका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहाका दुई विद्यालयमा जलवायु परिवर्तनबारे अभिमुखीकरण, इको क्लब गठन

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.