Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

महेश सिंह लहान सिरहा – लोकतान्त्रिक सहभागिता तथा सामाजिक समस्या–चुनौतीहरूको समाधानका लागि सञ्चारकर्मी र अधिकारकर्मीहरूसँग समन्वय तथा छलफल गर्ने उद्देश्यले मुक्ति नेपालद्वारा गोलबजारमा आयोजित बैठक सम्पन्न भएको छ।

मुक्ति नेपालकी अध्यक्ष देबकुमारी महराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला हिंसा, बालविवाह, कुमारी आमा, सुरक्षित आवास (सेफ हाउस) तथा पीडित संरक्षणका विषयमा गम्भीर छलफल भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष महराले हिंसा तथा जोखिममा परेका महिला र बालिकाका लागि सुरक्षित र व्यवस्थित सेफ हाउसको आवश्यकता अत्यन्तै महत्वपूर्ण रहेको बताइन्। “घर सुरक्षित हुनुपर्छ भन्ने हाम्रो चाहना हो, त्यसका लागि पर्याप्त र सुविधासम्पन्न सेफ हाउस आवश्यक छ,” उनले भनिन्।

उनका अनुसार मुक्ति नेपालले विभिन्न सीपमूलक तालिममार्फत हालसम्म एक सयभन्दा बढी महिलालाई स्वरोजगार बन्न सहयोग गरेको छ। साथै संस्थाले पाँच जना कुमारी आमाहरूलाई सुत्केरी गराउन सहयोग गरेको अनुभवसमेत साझा गरेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रममा सेफ हाउसको अवस्थाबारे जानकारी दिँदै सेफ हाउस इन्चार्ज अञ्जली पासमानले हिंसा प्रभावित महिला तथा बालिकाको सुरक्षाका लागि गोपनीयता अत्यन्त संवेदनशील विषय रहेको बताइन्। उनले सेफ हाउसमा महिलालाई मात्र आश्रय दिने गरिएको र पुरुषहरूको प्रवेश निषेध रहने जानकारी दिँदै पीडितको सुरक्षा र गोपनीयता कायम गर्न विशेष सावधानी अपनाइने बताइन्। यद्यपि कतिपय अवस्थामा गोपनीयता भंग हुने घटनाप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकाय थप जिम्मेवार हुनुपर्नेमा जोड दिइन्।

बैठकमा सहभागीहरूले बालविवाह, लैङ्गिक हिंसा तथा सामाजिक विभेदविरुद्ध प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। मुक्ति नेपालले विगतदेखि नै बालविवाह न्यूनीकरण, महिला अधिकार संरक्षण तथा सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि दिइएको थियो।

कार्यक्रममा वरिष्ठ लेखा अधिकृत आशा महतोको समेत उपस्थिति रहेको थियो। कार्यक्रमबारे जानकारी दिँदै जिल्ला संयोजक बिशेश्वर दासले सामाजिक समस्या समाधान तथा नागरिक अधिकार प्रवर्द्धनका लागि सञ्चारकर्मी, अधिकारकर्मी र सरोकारवाला निकायबीच सहकार्य अझ सुदृढ बनाउन बैठक फलदायी भएको बताए।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

महिला अधिकारका लागि ओरेकको ३५ वर्ष: जनकपुरमा विविध कार्यक्रमसहित उत्सव सम्पन्न

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.