Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

५० लाखको शिव मन्दिर र वडा कार्यालयका लागि जग्गा दान, समाजसेवी न्यौपाने बने प्रेरणाको स्रोत

५० लाखको शिव मन्दिर र वडा कार्यालयका लागि जग्गा दान, समाजसेवी न्यौपाने बने प्रेरणाको स्रोत

महेश सिंह  लहान सिरहा -सिरहाको धनगढीमाई नगरपालिका–१३ का समाजसेवी विष्णु न्यौपानेले व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिँदै वडा कार्यालय भवन निर्माणका लागि करिब तीन कठ्ठा निजी जग्गा नेपाल सरकारको नाममा निःशुल्क दान गरेका छन्। स्थानीय तहको भौतिक पूर्वाधार विकासमा उनको यो योगदानलाई धनगढीमाई–१३ का बासिन्दाले उदाहरणीय सामाजिक कार्यका रूपमा लिएका छन्।

वडा अध्यक्ष सूर्यमान तामाङका अनुसार कोरोना चोकस्थित करोडौं रुपैयाँ मूल्य पर्ने उक्त जग्गा वडा कार्यालय निर्माणका लागि दान गरिएको हो। उनका अनुसार जग्गा अभावका कारण कार्यालय भवन निर्माणमा देखिएको समस्या न्यौपानेको सहयोगपछि समाधान हुने अपेक्षा गरिएको छ।

विष्णु न्यौपाने सामाजिक तथा धार्मिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन्। उनले आफ्नै नेतृत्वमा स्थानीयवासीबाट चन्दा संकलन गरी करिब ५० लाख रुपैयाँको लागतमा कोरोना चोकमा आकर्षक तथा नमूना शिव महादेव मन्दिर निर्माण गराएका छन्। मन्दिर निर्माणले धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय क्षेत्रको सौन्दर्य बढाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

न्यौपानेका अनुसार मन्दिर निर्माणको उद्देश्य युवापुस्तालाई धर्म, संस्कृति र नैतिक मूल्यसँग जोड्दै सामाजिक सद्भावलाई थप मजबुत बनाउनु हो। पछिल्लो समय मन्दिर धार्मिक गतिविधि, पूजाआजा तथा सामुदायिक कार्यक्रम सञ्चालन हुने साझा केन्द्रका रूपमा विकसित हुँदै गएको स्थानीयको भनाइ छ।

स्थानीय समाजमा शिक्षा, धर्म, विकास र सामाजिक एकताको पक्षमा निरन्तर सक्रिय रहँदै आएका न्यौपानेले सार्वजनिक हितका लागि निजी सम्पत्ति दान गर्ने निर्णयले समाजमा सकारात्मक सन्देश दिएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।

वडा अध्यक्ष तामाङले यस्ता समाजसेवीको योगदानले विकास निर्माणका कामलाई गति दिने मात्र नभई समाजमा सेवाभाव र उत्तरदायित्वको संस्कार स्थापित गर्न समेत प्रेरणा मिल्ने बताए। स्थानीयवासीले विष्णु न्यौपानेको योगदानलाई धनगढीमाई–१३ को विकास इतिहासमा सम्झनलायक कार्यका रूपमा व्याख्या गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

सिरहामा प्रहरीको कडाइ, मादक तथा लागू पदार्थ सेवन गर्ने ६ चालक नियन्त्रणमा

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.