Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

महेश सिंह,लहान सिरहा –थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको लहानमा १५ दिने ‘थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला–२०८३’ आयोजना हुने भएको छ।

आयोजकले आज लहानमा पत्रकार सम्मेलन गरी यही असोज २५ गते आइतबार घटस्थापनाका दिन मेलाको उद्घाटन गरिने जानकारी दिएको हो। उद्घाटन कार्यक्रम दिउँसो १ बजे हुने मेलाका प्रवक्ता अजय चौधरीले जानकारी दिनुभयो।

लहानस्थित पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा विद्यालयको अनुमतिमा सञ्चालन हुने मेलाले दशैंको लामो बिदा तथा चाडपर्वको अवसरलाई लक्षित गरेको मेला संयोजक दशमिलाल चौधरीले बताउनुभयो।

ADVERTISEMENT
ADVERTISEMENT

उहाँका अनुसार मेलाले मनोरञ्जनसँगै थारु समुदायको मौलिक कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सहयोग पुर्‍याउनेछ। विशेषगरी संरक्षणको अभावमा लोप हुँदै गएका लोकनृत्य, गीत तथा सांस्कृतिक परम्परालाई मेलामार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

ADVERTISEMENT

मेलामा धुमरा, सखिया, झिझिया, सामा–चकेवा लगायतका मौलिक नृत्य तथा पौराणिक गीत–संगीत प्रस्तुत गरिनेछ। थारु समुदायका परम्परागत खानाका परिकारसहित विभिन्न खाद्य तथा सांस्कृतिक सामग्रीका स्टलसमेत राखिने जनाइएको छ।

आयोजकका अनुसार मेलामा बगिया, घोंघी, सितुवा, कोकरा, तेलपुरी, भका, पेरवा र सिध्रा लगायतका परम्परागत परिकारको स्वाद लिन सकिनेछ। त्यस्तै थारु भेषभूषा, गहना, हस्तकला, परम्परागत सामग्री तथा स्थानीय प्रविधिको प्रदर्शनी र बिक्रीसमेत गरिनेछ।

मेलामा सांस्कृतिक झाँकी, स्थानीय कला तथा संगीत प्रस्तुति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पहलमानी जलपरी, झुला तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेलसमेत रहने आयोजकले जनाएको छ।

प्रवक्ता चौधरीले मेला थारु समुदायको संस्कृति प्रदर्शनमा मात्र सीमित नरही विभिन्न जातजातिका मौलिक कला, संस्कृति र परम्परालाई समेत समेटेर सांस्कृतिक आदानप्रदानको साझा थलो बनाउने उद्देश्य रहेको बताउनुभयो।

उहाँले मेलाले विभिन्न समुदायबीच आपसी भाइचारा, सद्भाव र सामाजिक एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

आयोजकले मौलिक कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनको अभियानलाई व्यापक बनाउन सञ्चारकर्मी तथा पत्रकारलाई समाचार सम्प्रेषण र प्रचार–प्रसारमार्फत सहयोग गरिदिन आग्रह गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.