प्रदीप सिंह
लहान ४ कात्तिक।सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएका नेपाली कांग्रेसका नवनिर्वाचित बरियारपट्टी गाउँपालिका सभापति शम्भु कुमार दासले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रोत्साहनमा सकारात्मक योगदान दिएका छन्।
बरियारपट्टी गाउँपालिका–२ खोक्सीस्थित दुर्गा मेला अवसरमा आयोजित झिझिया कार्यक्रममा दासले दोस्रो र तेस्रो स्थान हासिल गर्ने समूहलाई पुरस्कार प्रदान गरेका छन्। दोस्रो स्थान हासिल गर्ने माँ जानकी झिझिया ग्रुपलाई १० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने माँ भगवती झिझिया ग्रुपलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो।
स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस्ता कार्यक्रमले मौलिक परम्परालाई जीवन्त राख्नुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
नेपाली कांग्रेसको बरियारपट्टी गाउँपालिका सभापतिमा निर्वाचित दास आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका–२ को वडा अध्यक्ष पदमा उम्मेदवार बन्ने तयारीमा छन्। पार्टीको जिम्मेवारीसँगै सामाजिक तथा सांस्कृतिक गतिविधिमा उनको सहभागितालाई सकारात्मक रूपमा हेरिएको छ।















