Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने

काठमाडौं २२ असोज। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान शुरू हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचन सम्बन्धी सूचनामा उल्लेख छ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

यसअघि निर्वाचन समितिले आज बिहान ७ बजेदेखि मतदान शुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टापछि सारिएको निर्वाचन समितिले जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ। खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन्।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।

कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।

अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

१५ औँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ।

ADVERTISEMENT

मतदान केन्द्र र प्रतिनिधि समूह

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’

बागमती प्रदेश

मतदान केन्द्र ‘ख’ खुलामञ्चमा

कोशी प्रदेश तथा तराई–मधेस समूह

हिमाल हल

गण्डकी प्रदेश

तराई–मधेस हल

मधेश प्रदेश

पहाड हल

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि मतदान सकिएपछि मतगणना शुरू हुनेछ भने मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.