Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

रौतहटको वाग्मती र लालबकैया नदीमा कटान सुरु, स्थानिय निकाय र प्रशासनद्वारा रोकथामको प्रयास

रौतहटको वाग्मती र लालबकैया नदीमा कटान सुरु, स्थानिय निकाय र प्रशासनद्वारा रोकथामको प्रयास

रौतहट । रौतहटको राजदेवी र माधवनारायण नगरपालिकामा वाग्मती र लालबकैया नदीमा आएको बाढीले कटान सुरु गरेको छ ।

वाग्मतीले राजदेवी र माधवनारायण र लालबकैयाले गौर–४ स्थित लालबकैया बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेको हो । कटानपछि बस्ती डुबानमा पर्ने भन्दै स्थानीय त्रासमा छन् । कटान गरेको क्षेत्रमा बोरा, बास राखेर अस्थायी रुपमा रोकथाम गर्न स्थानीय र सुरक्षाकर्मी खटिएका छन् ।

राजदेवी नगरपालिकाको वडा नम्बर १ र ६ मा पर्ने क्षेत्रमा वाग्मतीको बाढीले धमाधम कटान गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । ‘बाढी कम भएपनि कटान रोकिएको छैन । वाग्मतीले कटान सुरु गरेपछि तनाव थपिएको छ,’ उनले भने, ‘यसरी कटान गर्‍यो र रोकथाम गर्न सकिएन भने बाँधलाई असर गर्छ ।’ कटान रोक्न अहिले स्थानीय र सुरक्षाकर्मी खटिएको उनले सुनाए ।

ADVERTISEMENT
ADVERTISEMENT

कटान रोक्न वाग्मती लालबकैया नदी नियन्त्रण आयोजना परबानीपुरले ठूलो परिमाणमा बोरा पठाएको छ । अहिले बोरा र बाँस राखेर अस्थायी रुपमा रोक्ने प्रयास भइरहेको छ । नदी गहिरो भएकाले बोरा राख्न नसकेको स्थानमा बाँस राखेर कटान रोक्ने काम भइरहेको प्रजिअ शाहीले बताए ।

ADVERTISEMENT

यता माधवनारायण नगरपालिका– ८ रजवाडा र ९ गहढो भगवानपुरस्थित बाँधभन्दा १० मिटर पूर्व वाग्मती नदीले तीव्र रुपमा कटान सुरु गरेको छ । स्थानीय तहले पनि कटान क्षेत्रमा बोरामा बालुवा राखेर रोक्न सहयोग गरिरहेको छ । बर्खाको बेला दुवै नदीले डुबान र कटानको समस्यामा हुँदै आएको छ । यही समस्याबाट नदी छेउका स्थानीय लामो समयदेखि त्रासमा छन् । गत वर्ष बौधीमाई र परोहा नगरपालिकाको तेजापाकड क्षेत्रमा लालबकैया नदीले झन्डै सय मिटर बाँध कटान गरेको थियो ।

गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले कटान गरेको क्षेत्रमा स्थायीरुपमा नियन्त्रण गर्नुपर्ने बताए । गौर–४ स्थित बानेश्वर मन्दिरको पश्चिमतर्फ कटान सुरु गरेपछि निरीक्षण गर्न गएका नगरप्रमुख साहले भने, ‘बर्सेनि कटानले स्थानीयलाई त्रासमा परेको छ ।

केन्द्रीय सरकारले स्थायी नियन्त्रणको प्रयास गर्नु पर्छ । बोरा राखेर अस्थायी नियन्त्रण गरेर मात्र हुँदैन । यसले निकट भविष्यमा ठूलो दुर्घटना निम्त्याउँछ ।’ बाढीबाट हुने धनजनको क्षति रोक्न तत्कालीन जल उत्पन्न प्रकोप विभाग ८ नम्बर डिभिजनमार्फत भारत सरकारको सहयोगमा दुई दशकअघि वाग्मती र लालबकैया नदीको दुवैतिर ४४ किलोमिटर बाँध निर्माण गरिएको थियो । कटानले बाँध समेत खतरामा परेको प्रजिअ शाहीले बताए ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्थानीय भाषामा सडक नाटक, किसानमा जैविक खेतीप्रति आकर्षण

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.