Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

रेल्वे कम्पनीलाई सरकारकाे असहयाेग

रेल्वे कम्पनीलाई सरकारकाे असहयाेग

काठमाडौं ।नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि मन्त्रालयले सम्झौता बामोजिमको रकम नदिएको गुनासो गर्नुभएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले गरेको निर्णयमा रकम दिनलाई मन्त्रालयले बेवास्ता गरेको बताउनु भयो । महाप्रवन्धक झाले कम्पनीमा महाप्रवन्धक भएको एक वर्ष पुग्न लाग्दासमेत रेल सञ्चालनका लागि मन्त्रालयले रकम नदिएको बताउनु भयो ।

उहाँले मन्त्रालयले पूर्व महाप्रवन्धकलाई पैसा दिने तर आफू आएपश्चाद् पूर्वाग्रह राखेर रकम निकासा नगरेको आरोप लगाउनु भयो । उहाँले अहिले रेल्वेमा यात्रुहरुको चाप अत्याधिक रहेको तर अर्को रेल खरिद गर्ने कम्पनीसँग पैसा नभएको बताउनु भयो । उहाँले अब एक थान यात्रुवाहक र एक थान सामग्री बोक्ने रेल सञ्चालन गर्नसके रेल्वे कम्पनीलाई नाफामा लगेर देखाउने दाबी गर्नुभयो । झाले पैसा नभएपछि योजना बनाएर मात्रै रेल नचल्ने बताउनु भयो । उहाँले रेल सञ्चालनका लागि अर्थ मन्त्रालयले बजेट नदिँदा कम्पनीका नियमित काममा असर परिरहेको बताउनु भयो । उहाँले मन्त्रिपरिषद्ले निर्णय गर्ने तर अर्थ मन्त्रालयले पैसा नदिने गर्नु भनेको रेल्वे कम्पनीलाई असहयोग गर्नु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ रेल्वे सञ्चालनको लागि अन्य समस्या भन्दा पनि बजेट व्यवस्थापन मुख्य कुरा हो । २०७७ साल फागुन ४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । भारतीय केआरसिएल कम्पनीसँग सम्झौता गर्न लाग्ने सम्पूर्ण रकम अर्थ मन्त्रालयले निकासा दिने भन्ने थियो । म महाप्रवन्धक भएर आएको एक वर्ष भएको छ । अर्थ मन्त्रालयबाट हामीले एक रुपैयाँ पनि पाएका छैनौं । अब यो पूर्वाग्रहपूर्ण कुरा हो वा अरु के हो बुझ्न गाह्रो छ । म आएदेखि अर्थ मन्त्रालय धाईरहेको छु । अर्थ मन्त्रालयले निकासा गर्नुपर्छ भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ । म भन्दा पहिलाका प्रवन्धकले सम्झौता गर्नुभएको थियो । मैले गरेको होइन । उहाँले गरेको सम्झौतालाई निरन्तरता दिएँ । सम्झौता भएको र सरकारले निर्णय गरेको रकम म आएसँगै नआउनु त्यो भन्दा अगाडि आइरहेको कुराले संशय छाएको छ । हामीले सरकारसँग थप बजेट मागेका छैनौं । सम्झौता र मन्त्रीपरिषद्ले गरेको पैसा माग गरेका हौं । कुनैपनि कम्पनी वा व्यापार व्यवसाय गर्न बीउ,पुँजी चाहिन्छ र त्यो सरकारले दिनुपर्छ । सरकारले बीउ,पुँजी दिएपछि कम्पनी आफ्नो खुट्टामा आफैँ उभिने हो ।

कम्पनीसँग रेल खरिद गर्ने पैसा छैन। तर रेल सानो भयो । रेलमा यात्रुहरुको चाप बढी नै छ । एक थान रेल मात्रै चलाउन पाएका छौं । एक थान अर्को यात्रुवाहक,अन्य सामग्री बोक्ने रेल भयो भने सहज हुन्छ । विश्वमा के भएको छ लेखाजोखा राख्दिन तर नेपाल रेल्वे कम्पनीले सञ्चालन गरेको रेल नाफामा लगेर देखाइदिन्छु । तर पैसा नभएपछि योजना बनाएर मात्रै चल्नेवाला छैन । योजना जति बनाएपनि पैसा आवश्यक छ । कम्पनीमा एक रुपैयाँ पनि छैन । मन्त्रालयले दिएको नै छैन । मन्त्रालयले पैसा नदिँदा समस्या आएको छ । फेरि पनि अर्थ मन्त्रालयमा फाइल पठाएका छौं । मन्त्रीपरिषद्ले निर्णय गर्ने अर्थ मन्त्रालयले पैसा नदिनु भनेको असहयोग भयो।

नीरञ्जनकुमार झा, महाप्रवन्धक, नेपाल रेल्वे कम्पनी महाप्रवन्धक झाले जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको बताउनु भयो । उहाँले भारतबाट सिधै रेलमार्फत जनकपुर आउने जनकपुरबाट हवाई उडानबाट पोखरा,काठमाडौं गर्न सकिने भएकाले भारतीय पर्यटकमा वृद्धि भएको बताउनु भयो । झाले रेल्वे सञ्चालनले वहुआयामिक क्षेत्रमा प्रभाव पारेको बताउनु भयो । उहाँले भन्नुभयो,‘जनकपुर जयनगर रेल सञ्चालनमा आएसँगै जनकपुरमा आन्तरिक पर्यटकमा समेत वृद्धि भएको छ । अहिले सिधै भारतबाट रेलमा जनकपुर आउने जनकपुरबाट सातामा तीन दिन पोखरा हवाई उडान भएको छ ।

त्यहाँबाट पोखरा जाने काठमाडौं आउने वातावरण बनेको छ । यात्राहरुले सहजता पाएको छ । सडकमा ट्राफिक जामको समस्या समाधान भएको छ । साढे ६ सय यात्रु भनेको कम्तिमा १० वटा सवारी आवश्यक पर्छ । रेलले वहुआयामिक क्षेत्रमा प्रभाव पारेको छ । यो कुरा बुझ्न र बुझाउन सक्नुपर्छ । अब आगामी शनिवार ११ गते भारत गोरख रेलमा भारतीय पर्यटक बोकेर जनकपुर आउँदैछ ।

यसले नेपालको पर्यटनमा देखिने गरी काम गरेको छ । अब यस्ता पर्यटक बोकेर आउने रेल महिनामा १० वटा आउनुपर्छ भनेर कम्पनीले पहल गरिरहेको छ । यसले पर्यटन क्षेत्रलाई ठूलो टेवा पु¥याएको छ ।’नीरञ्जनकुमार झा, महाप्रवन्धक, नेपाल रेल्वे कम्पनी झाले आगामी शनिवार जनकपुरधाममा भारतीय गोरख नामक रेल भारतीय पर्यटक लिएर आउने बताउनु भयो । उहाँले कम्पनीले यस्ता रेल महिनामा १० वटा ल्याउने गरी पहल गरिरहेको बताउनु भयो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.