Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

सिराहामा चाइना रेल्वेको बदमासी, वर्षामा पनि निरन्तर नदी उत्खनन्

सिराहा । सिराहामा प्रहरी प्रशासनकै मिलोमतोमा चुरे क्षेत्रबाट गिट्टी, बालुवाको अवधै उत्खनन् गरी चोरीनिकासी भइरहेको छ । चोरी निकासी नियन्त्रणमा प्रशासनले उदासिनता देखाउँदा चुरेक्षेत्र अवैध धन्दा गर्ने अखडा बनिरहेको स्थानीयको आरोप छ । सिरहाको कर्जन्हा नगरपािलका–१ कमला नदीमा राष्ट्रिय योजनाको नाममा स्थापना भएको क्रसरले चुरे क्षेत्रलाई बन्जर बनाइरहेको आरोप छ ।

सम्झौता विपरित नदीबाट मनपरीसँग गिट्टी, बालुवा उत्खनन् गर्दा पनि जनप्रतिनिधि र प्रहरी प्रशासन नदेखेझै गरिरहेको स्थानीयको आरोप छ । सिराहाको कर्जन्हा नगरपालिका र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक चार लेन बनाउन चाइना रेल्वे कम्पनीले ठेक्का पाएको छ । १६ भदौ ०७८ मा भएको सम्झौताअनुसार कमला नदीबाट उक्त कम्पनीले सडक निर्माणको लागि ८० हजार घनमिटर बालुवा, ढुंगा उत्खनन् गर्न पाउँछ । ८० हजार घनमिटरको कार्यादेश पाए पनि चाइना रेल्वे कम्पनीको दुई लाखभन्दा बढी घनमिटर गिट्टी, बालुवा उत्तखनन् गरी खोलाकै छेउमा डम्पिङ गरि राखिएको थियो । सोही गिट्टी, बालुवा अहिले धनुषाको क्रसरमा लगिने गरेको स्थानीय बताउँछन् ।

धनुषाको पोर्ताहास्थित संचालनमा रहेको कमला माइ क्रसरका सञ्चालक वेचन शर्माले चाइना रेल्वे कम्पनीको कागजात पेश गरेर राष्ट्रिय महत्वको योजनाको नाममा सम्झौता गरी अवैध गिट्टी, बालुवा उत्तखनन् भइरहेको कमला बचाउ संघर्ष समितिका अभियन्ता प्रभात सिंहले बताए । उनले भने, ‘जनप्रतिनिधि तथा प्रहरीको आँखा अगाडिबाट दिनदहाडै सयौं ट्रिपरले गिट्टी, बालुवा लगिरहेका हुन्छन् । प्रहरी प्रशाशन देखेको नदेखै गर्छ ।’ सामान्यतया वर्षाको तीन महिना खोलाबाट गिट्टी वालुवा निकाल्न पाइदैन । तर, यो कम्पनीले हिउँदमै निकालेर राखेको नदीजन्य सामग्री ओसारी रहेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

नगरपालिकाका पूर्वमेयर गंगा पासवान, नवनिर्वाचित मेयर भोला पोखरेल, जिप्रका प्रमुख लालबावु कवाडी समेतलाइ पटक पटक जानकारी गराउँदा पनि उत्खनन् नरोकिएको अर्का अभियन्ता विनोद श्रेष्ठले जनाए । उनले भने, ‘चाइना रेल्वे कम्पनीले सम्झौताअनुसारको राजस्व रकम समेत नबुझाई गिट्टी, वालुवा निकासी गर्दा पनि सम्बन्धित निकाय मौन हुनु मिलोमतो रहेको पुष्टि हुन्छ । उनले थपे, ‘लाखौँको राजस्व चुहावट भइरहे पनि नियन्त्रणका लागि प्रशासनले कुनै सहयोग नगरेको र प्रहरी प्रशासनले नचाहेसम्म केही हुने वाला छैन ।’

नदीमा अत्यधिक उत्खनन् गरिएका कारण दिनप्रतिदिन यस क्षेत्रको माटो कमजोर र पानीको सतह कम भइरहेको छ । १ असारदेखि भदौ मसान्तसम्म गिट्टी बालुवा ढुवानी निकासीमा रोक लगाए पनि उत्खनन् नरोकिएको विषयमा प्रजिअ लालबाबु कवाडीले राजस्व रकम तिरेर राष्ट्रिय महत्वको योजनाको कामको लागि लगि रहेकोले रोक्न नमिल्ने बताए ।

प्रजिअ कवाडीले भने, ‘चाइना रेल्वे कम्पनीले गरिरहेको गिट्टी, बालुवा ढुवानी निकासी हामीले रोक्न मिल्दैन । अरु कसैले चोरी निकासी गरेको पाइएमा कारबाही हुन्छ ।’

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

ADVERTISEMENT

ट्रेन्डीङ्ग

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

अवैध कारोबार रोक्न नवराजपुरमा महिनाको दुई पटक सीमा सहजीकरण कार्यक्रम

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

सप्तरीमा १० महिने बालिकामा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

कांग्रेस नेता शत्रुधन प्रसाद शाह सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवार हुने

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो, निकासा भने एक अर्ब मात्र

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.