Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सहकारी संकटः कोशीका सहकारीमा जिबि राईको कनेक्सन

सहकारी संकटः कोशीका सहकारीमा जिबि राईको कनेक्सन

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको तुलसी बहुउद्देश्यीय सहकारीका संचालक समिति अध्यक्ष केदारनाथ शर्मा र सुनसरी इटहरीको अम्बे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर जिबि राईबाट दिक्षित रहेको स्रोतले दाबी गरेको छ ।

जिबि राई सहकारीका बचतकर्ताको रकम ठगी गर्ने सबैभन्दा ठूलो गिरोहका नाइके हुन् । प्रहरीले उनको खोजी गर्न इन्टरपोलमा सूचना जारी गरिसकेको छ । कोशी प्रदेशमा पनि उनको कनेक्सनबारे अध्ययन भइरहेको छ ।

ADVERTISEMENT

कोशी प्रदेशमा सबैभन्दा धेरै बचतकर्ताको रकम ठगी गर्नेमध्येका हुन् केदारनाथ शर्मा । शर्मा अहिले प्रहरी खोरमा छन् । तर, उनले ठगी गरेको रकम फिर्ता पाउने आशामा बसेका बचतकर्ता निरिह छन् । शर्माले ५ हजार बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको बताइन्छ । उक्त रकम कहिले फिर्ता हुन्छ बचतकर्ता अन्यौलमा छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

सुनसरीको इटहरीको अम्बे सहकारीका अध्यक्ष फणिन्द्र मगर पनि उनै जिबि राईको विश्वासपात्र रहेको कोशी प्रदेश सहकारी रजिष्टार कार्यालय स्रोत नै बताउँछ । उक्त सहकारीले बचतकर्ताको ६१ करोड डुबाएको छ । यस्तै १६ करोड रुपैयाँ डुबाउने रारा बचत तथा ऋण सहकारी संस्था पनि उनै जिबिबाट दिक्षितहरुले डुबाएको सो कार्यालय दाबी गर्छ । जिबि राई उदयपुरका स्थानीय हुन् । उदयपुरकै भएको कारण त्यहाँका प्राय संस्थाहरु पनि जिबिकै तरिका फलो गर्ने हुँदा संकटोन्मुख देखिएको कार्यालय बताउँछ ।

‘उदयपुरको कुनै पनि संस्था राम्रो छैन । धरानमा पनि त्यही समस्या हो । युवा स्वरोजगार कोषको पैसा लगेका उदयपुरका सबै संस्थाले डुबाएको मात्रै रेकर्ड भेटिन्छ,’ उक्त स्रोतले भन्यो ।

डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको पालामा युवा स्वरोजगार कोष निर्माण भएको थियो । सो कोषको पैसा धेरैजसो उदयपुरका सहकारी संस्थाहरुले लगेका थिए । ‘त्यहाँ धेरैजसो सहकारी संस्थाका हर्ताकर्ताहरु नै ठगजस्तो लाग्छ । त्यहाँको अवस्था एकदमै अप्ठ्यारो छ । अहिले रजिष्ट्रार कार्यालयमा पनि दुईवटा निवेदन परेका छन् । त्यसमा जोडिएका मानिसहरु पनि सहकारीका अभियानकर्ता नै छन्,’ स्रोतले भन्यो ।

सहकारीहरु सुदखोर जस्ता भएको सहकारी रजिष्टार कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्री बताउँछन् । ‘सहकारीमा सुदखोरहरुको पैसा राख्न दिनुहुँदैन । अहिलेसम्म सहकारीवालाले पनि सुदखोरको पैसा राखिदिए, कालोधन लुकाउन सहकारी माध्याम भए । कस्तो पैसा राख्ने कस्तो नराख्ने उनीहरुले थाहा नै पाएनन्,’ खत्रीले भने, ‘आज सहकारीमा संकट किन आयो भन्ने कुरा सहकारीकै सदस्यहरूलाई थाहा छैन । संस्थामा नीति बनाउने, विधि, बजेट र कार्यक्रम बनाउने कुरामा सदस्यहरुको भूमिका नै कमजोर भयो ।’

संकटमा परेका सहकारीहरुमा जिबि राईको कनेक्सन भने नभेटिएको भएपनि उनको कनेक्सन हुनसक्ने उनी पनि स्वीकार गर्छन् । ‘जिबी राईको कनेक्सन हुनसक्छ । हामी खोजी गरिरहेका छौं,’ उनले भने ।

खत्रीले सहकारीको आत्मा नै मरिसकेको दाबी पनि गरे । ‘अब त सहकारी प्यारालाइज भयो । साधरणसभामा विषय प्रवेश नै हुँदैन । भव्य उद्घाटन ग¥यो भाषण गरेर साधरणसभा सकिन्छ । दुई तीन सय भत्ता लिन शेयर सदस्यहरु लोभिन्छन् तर, लाख डुबेको विचार नै गर्दैनन्,’ खत्रीले भने, ‘सहकारीको आत्मा छँदैछैन् । सहकारीको आत्मा भएको भए यस्तो समस्या नै हुँदैनथ्यो । सहकारीको आत्मा मर्नुको कारण कानुन निर्माणदेखि नै छ ।’

उनले पछिल्लो सहकारी ऐन बनाउँदा परेका २७८ वटा संशोधन हुनु नै विचौलियाको प्रभाव भएको दाबी गरे । ‘नेपालको कानून निर्माणको इतिहासमा सबैभन्दा बढी २७८ वटा संशोधन सहकारी ऐनमै किन परे ? त्यहाँ इच्छाराज तामाङहरु थिए । सबै स्वार्थ समूह रहेका मानिसहरु संसदमा प्रवेश गरेपछि बचतकर्ताको बचत नडुबेर के डुब्छ ? ०४८ सालको सहकारी ऐनमा सहकारीलाई स्वायत्त बनाइयो । तर, स्वायत्त सदस्यहरु नभएर संचालक समितिका सीमित मानिसहरु मात्रै भयो,’ खत्रीले भने ।

उनले सहकारीभित्र गैर सहकारी मानिसहरूको प्रवेशले पनि समस्या आएको दाबी गरे । अहिले आएर अब सहकारी किन चाहियो भन्ने प्रश्न उठ्न थालेको उनको भनाइ छ । ‘यसलाई कसरी सपार्ने भन्नेतिर कसैले सोचेको छैन । अब राष्ट्र बैंकलाई हेर्न दिने हो भने सहकारी किन चाहियो रु बैंक छँदैछन् नि !,’ उनले भने ।सभार:हाम्राेमत

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.