महेश सिंह लहान -श्रीकृष्ण जन्माष्टमीको अवसरमा लहान सिटी जेसीजले निःशुल्क खानेपानी वितरण कार्यक्रम आयोजना गर्ने भएको छ। गुप्ता फार्मेसीको सौजन्यमा आयोजना हुने कार्यक्रम लहान नगरपालिका–१ स्थित तरकारी बजारमा हुने जनाइएको छ।
जन्माष्टमी पर्वका अवसरमा बजार तथा आसपासका क्षेत्रमा आउने श्रद्धालु, सर्वसाधारण तथा व्यापारीलाई लक्षित गरी निःशुल्क खानेपानी वितरण गर्न लागिएको आयोजकले जनाएको छ।
पर्वका बेला बजार क्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लहान सिटी जेसीजले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले पर्वमा सहभागी सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रम लहान–१ को तरकारी बजारमा सञ्चालन हुनेछ।















