प्रदिप सिंह
लहान २२ असोज । नेपाली कांग्रेसका नेता तथा बौद्धिक व्यक्तित्व शत्रुधन प्रसाद शाहले सखुवानन्दकारकट्टी गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गरेका छन्।
नेपाल सरकारका अवकाशप्राप्त शिक्षकसमेत रहेका शाह लामो समय शिक्षण पेशामा आबद्ध थिए। शिक्षण पेशासँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहेका शाह स्थानीयस्तरमा राजनीतिक विषयको राम्रो बुझाइ भएका व्यक्तित्वका रूपमा परिचित छन्।
मिशन २०८४ अन्तर्गत आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शाहले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गरेका हुन्।















