सप्तरी २७ असोज।सप्तरीको बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरमा गत २५ गते अज्ञात सवारीसाधनको ठक्करबाट घाइते भएका बोदेबरसाईन–१ महनौरीका ५५ वर्षीय राजेन्द्र यादवको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।
ठक्कर दिने सवारीसाधनको खोजीमा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले बोदेबरसाईन–३ कुसमहार चोकमा हुलाकी सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।















