Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

महेश सिंह लहान सिरहा- नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सिरहाले सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थप नगर्ने विषयप्रति आपत्ति जनाउँदै निर्णय सच्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

समितिले २०८३ असोज २० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत शिक्षक तथा कर्मचारीको पेसागत सुरक्षा र विद्यालयको शैक्षिक गुणस्तरका विषयमा विभिन्न समयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय एकाइ सिरहा तथा स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखामा ज्ञापनपत्र र ध्यानाकर्षणपत्र बुझाउँदै आएको जनाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँको चलानी नं. २५/२९६६, मिति २०८२/२/११ तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको पत्रको सन्दर्भ उल्लेख गर्दै समितिले राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको म्याद थपका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

समितिले सिरहाका लहान, सिरहा र धनगढीमाई नगरपालिकासहित सम्बन्धित स्थानीय तह, शिक्षा शाखा तथा विद्यालयका प्रधानाध्यापकलाई शिक्षक तथा कर्मचारीमाथि दबाब सिर्जना गरी म्याद थप नगर्ने प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ ।

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सिरहाका अध्यक्ष किशुन देव यादवले माग सम्बोधन नभए जिल्लाभरिका राहत शिक्षक, बालविकास शिक्षक, विद्यालय सहयोगी तथा अन्य विद्यालय कर्मचारी संयुक्त रूपमा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिनुपर्ने उहाँको भनाइ छ ।

ADVERTISEMENT

यसैबीच, नेपालीहरूको महान् पर्व दसैँ तथा दीपावलीको मुखमा राहत शिक्षकलाई मानसिक तनाव दिने गरी निर्णय गरिएको भन्दै शिक्षकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले अघि सारेको शिक्षा नीतिमा राहत शिक्षकको म्याद थपसम्बन्धी व्यवस्था अस्वीकार्य रहेको उनीहरूको भनाइ छ ।

शिक्षक क्रान्ति कुमार साहले सम्बन्धित निर्णय फिर्ता नलिए देशभरिका राहत शिक्षकलाई काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी गराउने तयारी रहेको बताउनुभयो ।

शिक्षकहरूले आफ्ना माग सम्बोधन गरी पेसागत सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

विपन्न समुदायको पोषण अवस्था पहिचान गर्दै कृषक समूह महासंघ

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

लक्ष्मीपुर गाउँपालिकामा रास्वपा पार्टीबाट अध्यक्ष पदका उमेदवार चन्द्र शेखर यादव हुने

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

कांग्रेस महाधिवेशन: मधेशी क्लस्टरबाट परमेश्वर शाह चुनावी मैदानमा

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

मौलिक कला र संस्कृति संरक्षणका लागि लहानमा थारु सांस्कृतिक मेला हुने

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी सेवा सुदृढ: वर्षात्मा चुहिने छाना र उकुसमुकुस गर्मीबाट मुक्त, बिरामीकै हातबाट उद्घाटन

लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

विद्यार्थी र अभावको रोजाइमा मनकामना कलेज

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

राहत शिक्षकको पेसागत सुरक्षाको माग, सिरहाबाट देशव्यापी आन्दोलनको चेतावनी

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

सप्तरीमा साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्त सडकमा ठक्कर दिने सवारी खोज्न प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै हुलाकी सडक अवरुद्ध!

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.