प्रदिप सिंह
लहान ४ कार्तिक । सामाजिक अभियन्ता तथा युवा नेता सरोज कुमार यादवले बरियारपट्टी–२ खोक्सीस्थित दुर्गा मेला आयोजित झिझिया कार्यक्रममा प्रथम भएको सलहेश झिझिया ग्रुप खोक्सीलाई सम्मानसहित १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।
विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा निरन्तर सहयोग गर्दै आएका यादवले झिझिया संस्कृतिको संरक्षण र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरेका हुन्।
आगामी मिसन २०८४ को स्थानीय निर्वाचनमा बरियारपट्टी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका यादव युवामाझ लोकप्रिय युवा नेताका रूपमा परिचित हुँदै आएका छन्।















