सुरेश यादव,नवलपरासी /पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ बुडन्तवापुर नाकाबाट आज बिहान करिव ६ बजेकाे समयमा एक भारतीय ट्रेक्कटर ट्राली सहित काेयला महेशपुर भन्सार कार्यालयबाट खटिएको टाेलीले पक्राउ गरेकाे छ ।
उक्त ट्रेक्कटरमा काेयला लाेड गरि बुडन्तवापुर नाका हुदै भारतबाट नेपालतर्फ लेयाउदै गर्दा महेशपुर भन्सार कार्यालयकाे टाेलीले त्रिवेणी तर्फ लैजादै गर्दा नियन्त्रणमा लिएकाे महेशपुर भन्सार कार्यालयले जनाएको छ ।
काेयला लाेड गरिएको भारतीय नम्बरको ट्रेक्कटर चालक भन्सारको टाेलीलाई देखेपछि फरार भएकाे भन्सार श्राेतले जानकारी दिएकाे छ । उक्त ट्रेक्कटरकाे नम्बर भने नखुलेकाे र नेपाल प्रहरी एवम् सशस्त्र प्रहरीको मिलाेमतमा भारतबाट नेपाल भित्रएकाे बताईएकाे छ । ट्रेक्कटर भने आवश्यक कार्वाहीकाे लागि महेशपुर भन्सार कार्यालयमा राखिएको छ ।















