जनकपुर: मधेस प्रदेश को राजधानी जनकपुरको बासबारी होटेलमा भीषण आगजनी भएको छ ।
सुकरबारी बजार नजिक मसाला कटेजसंगै टासिएर रहेको बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा भिषण आगजनी हुजदा होटेलमा मा भएको समानहरु नष्ठ भएको हो।
झण्डै आधा घण्टाअघि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।आगजनीबाट रेष्टुरेन्ट जलेर पुर्ण रुपमा धवस्त भएको स्थानीयले जानकारी दिए ।
प्रहरी र वारुणयन्त्र घटनास्थलमा पुगिसकेको धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताए । उनका अनुसार आगलागीको कारण खुलिसकेको छैन ।















