नवलपरासी/पश्चिम नवलपरासीको विभिन्न सिमा नाकाहरुमा तस्करहरूले तस्करीको तान्दव मचाउदै आएका छन् स्थानीयवासीकाे भनाई रहेकाे छ । पश्चिम नवलपरासीको गेरमा,महेशपुर,बसहिया,हरपुर,गुठीप्रसाैनी नाकाहरु बाट अवैध माल समान भारतबाट नेपाल तर्फ तस्करहरु भित्र्याउने गरेका छन् ।
पश्चिम नवलपरासीको सिमा नाकामा सुरक्षाकाे लागि राखिएको शस्त्र प्रहरी र नेपाल प्रहरीकाे पाेष्टहरुकाे निर्देशनमा नै व्यापक रुपमा तस्करी भई रहेकाे बताईएकाे छ ।
सुरक्षाकाे लागि बसेकाे सुरक्षाकर्मीहरुले महिनाकाे तस्करहरुसंग असुली समेत गरि रहेका तस्करहरुले बताउने गरेका छन् । उक्त सिमा नाकाहरुबाट चिनी,टायल,कुखुरा,हार्डवेयर,किराना समान र नेपालबाट भारत तर्फ कबाडकाे तस्करी भई रहेकाे छ ।















