उमेश कुमार साह सप्तरी २२ माघ।सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ कुश्मुहारबाट ईलाका प्रहरी कार्यालय बोदे बर्साईन र सशस्त्र बेश क्याम्प बोदे बर्साईनको संयुक्त प्रहरीे टोलिले ७५ लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बोदे बर्साईन बाट खटिएका प्रहरी टोलिद्वारा उक्त परिमाणको मदिरा नियन्त्रणमा लिएको हो ।संयुक्त प्रहरी टोलिले उक्त परिमाणको घरेलु मदिरा लुकाई छिपाई गरि पसलमा बेचबिखन गरिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रमुख साहले बताए ।
प्रहरीले नियन्त्रणमा लिइएको घरेलु मदिरा कार्यालय नजिकै रहेको खालि भुभागमा स्थानिय प्रतिनिधि र बुद्धिजीवी- समाजसेवीको रोहबरमा खाल्डो खनि नष्ट गरिएको जानकारी दिएको छ ।















