Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव

प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव

चीनले नेपाली भूमि अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलासा भएको छ । चीनले नेपाली सीमा मिचेको नेपाल सरकारको प्रतिवेदन अन्तर्राष्ट्रिय सन्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको छ । चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी गरिएको हो ।

बीबीसी विश्व सेवाले आफूलाई प्राप्त प्रतिवेदनको हवाला दिंदै हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको जनाएको हो ।

नेपालको सरकारी स्तरबाट उत्तरी छिमेकीले सीमा मिचेको निष्कर्ष पहिलो पटक आएको पनि बीबीसीले उल्लेख गरेको छ। चीनले सीमा मिचेको भन्ने अपुष्ट खबरहरु सार्वजनिक भएपछि सरकारले गत असोजमा सरकारी अधिकारीहरु, विज्ञ र सुरक्षा निकायका प्रतिनिधिहरुसहितको कार्यदल बनाएको थियो । उक्त टोलीले स्थलगत निरीक्षणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

हुम्लामा चिनियाँ पक्षले नेपालतर्फ मिचेर भौतिक संरचना समेत बनाएको दाबी पनि प्रतिवेदनमा गरिएको बीबीसीले दाबी गरेको छ । तर नेपाल सरकारले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन । नेपाल र चीनबीच १४ सय किलोमिटर लामो सिमाना रहेको छ । तर बाह्रैमास हिउँले ढाकिने क्षेत्र धेरै भएकाले निरन्तर सीमा अनुगमन भने कठिन हुने गरेको छ ।

हुम्लाको लालुङजोङसहित सीमा क्षेत्रका नेपालीहरुलाई चिनियाँ सुरक्षाकर्मीले धार्मिक गतिविधिमा समेत प्रतिबन्ध लगाएको पनि प्रतिवेदनमा उल्लेख रहेको दाबी गरिएको छ ।

हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र कैलाश पर्वत नजिक पर्ने उक्त क्षेत्र हुँदै मानिसहरु धार्मिक यात्रा गर्ने गर्दछन् । तर, चीनले सोही क्षेत्रमा अग्लो पर्खाल लगाएको र नेपाली भूमि मिचेर सडक तथा खोल्सो बनाएको पनि प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।

ADVERTISEMENT

प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव दिएको र नेपाली–चीन दुवै देशले यो विवाद समाधान गर्नुपर्ने सुझाव दिइएको छ । चिनियाँ बजारमा आश्रित सीमा क्षेत्रका नेपालीहरु भने सीमा मिचिएको विषयमा बोल्नै नचाहने पनि प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सीमा मिचेको आरोपको खण्डन गरेको छ । बीबीसीको जिज्ञाशामा नेपाल सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको पनि समाचारमा उल्लेख गरिएको छ । यो प्रतिवेदन अहिलेसम्म गोप्य राखिनुको कारण थाहा नभएको बीबीसीले लेखेको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय परिचालन

निर्वाचन सुरक्षाका लागि चारै सुरक्षा निकाय परिचालन

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

दुई वर्ष बितिसक्दा पनि सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन सकेन

दुई वर्ष बितिसक्दा पनि सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन सकेन

जन्मदिनमा मानवता : विकास शारदाले एमबिबिएस छात्र सत्यनारायण साफीलाई रु. ६ लाख सहयोग

जन्मदिनमा मानवता : विकास शारदाले एमबिबिएस छात्र सत्यनारायण साफीलाई रु. ६ लाख सहयोग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

बंगलादेशको संसदीय निर्वाचनमा चर्चित युवा उम्मेदवार तास्निम जारा पराजित

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहा–१ मा स्वतन्त्र उम्मेदवार सन्तोष गिरी सिलवाल चर्चामा

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

फरक सोच र सिद्धान्त बोकेका युवा उम्मेदवार गिरी चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

सिरहाको लहानमा रास्वपाको शक्ति विस्तार, सयौँ युवाको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

लहानमा रास्वपाको जनलहर, विभिन्न दल परित्याग गर्दै दर्जनौंको पार्टी प्रवेश

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.