रौतहट,मौलापुर, श्रावन १ अर्चना परियार । रौतहटका एक नापी शाखा प्रमुखमाथि हातपात तथा दुर्ब्यबहार भएको छ । जिल्लाको मौलापुर नगरपालिका नापी शाखा प्रमुख तथा बहुप्रविधिक कलेजका प्रमुख मुकेश यादवलाइ अश्लील गालि गरेको आरोप लगाउदै केही ब्यक्तिहरुले आज हातपात तथा दुर्ब्यबहार गरेका हुन् ।
कलेजलाई बदनाम गराउने किसिमले सामाजिक संजालमा अश्लील गतिबिधि गर्ने बिद्यार्थीहरु शेषनाथ पंडित,रोहित कुमार साह र निराजन कुमार साहलाई केहिदिन अघि अनिश्चितकालका लागि निलम्बन गरिएको थियो । निलम्बन गरिएको विद्यार्थी मध्ये २ जनालाई पुनः फर्काइएको थियो। सोहि रिसीबीका कारण आफूमाथि ज्यान मार्ने धम्कि दिंदै रोहित लगायत केही ब्यक्तिले आफुमाथि हातपात तथा दुर्ब्यबहार गरेको प्रमुख यादबले बताएका छन् ।
यता रोहितले भने कलेजको डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन जियोमेटीकस इन्जिनियरिङको सम्पूर्ण पठनपाठन नभए पछि आफु र आफ्ना साथीहरुले समाजिक संजाल तथा टिकटक मार्फत विरोध जनाउदा आफुहरुलाई निलम्बन गरिएको बताए ।
सोहि बिषयमा बुझ्न यादबलाई सम्पर्क गर्दा आफ्नी बिहिनीलाई अश्लील शब्द प्रयोग गरि गालि गरेकाले परिवारका सदस्यहरु सो कलेजमा गई यादवसँग सो विषय बारे बहस गर्दागर्दै विवाद चर्किए पछि कुटपिट सम्मको अवस्था सिर्जना भएको बताएका छन् ।
कुटपिट गर्ने बलिराम शाह,रोहित साह र विनोद पटेललाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक नन्दकिशोर चौहानले जानकारी दिएका छन्। सो घटना बारे थप अनुसन्धान भइरहेको छ ।















