Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराधमा लाग्दा पक्राउ

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराधमा लाग्दा पक्राउ

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराधमा लाग्दा पक्राउ

भरतपुर । अपराधिक घटनामा विभिन्‍न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्‍याक्स भनिने सोचेन्द्र राईलाई प्रहरीले फेरि पक्राउ गरि अदालत पेश गरेको छ।

ADVERTISEMENT

पछिल्लो पटक पूर्वी चितवनको खैरहनीमा भएको एक सांघातिक हमलाका मुख्य अभियुक्त उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको थियो। गत वैशाख २४ गते खैरहनी-६, सुनगाभा टोलका ३५ वर्षीय कुमार थापा मगरलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइ फरार रहेका राप्ती नगरपालिका–४ खहरेपुलका ३२ वर्षीय राईलाई बुधबार रातारात चितवन ल्याएर बिहीबार अदालत उपस्थित गराइएको हो।

ADVERTISEMENT
ADVERTISEMENT

अभियुक्त राईलाई चितवनबाट खटिएको प्रहरी टोलीले बुधवार प्रहरी वृत बालाजुको समन्वयमा काठमाडौंको तारकेश्वर –१० मनमैजुबाट प्रक्राउ गरेको थियो। उनको साथबाट प्रहरीले १ थान खुकुरी, ७ थान मोबाइल सेट, ९ थान एन्सेल र नेपाल टेलिकमको सिमसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

प्रवक्ता अधिकारी अनुसार राईविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरको दफा १८३ को उपदफा २ बमोजिम हुने सजायमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ९ को ९क० बमोजिम थप सजाय हुनुपर्ने मागदाबी लिई असार २३ गते अदालतमा मुद्दा दायर गरिएको थियो।

प्रहरीले व्यापक खोजी गरिरहेका राई यसअघि पनि थुप्रै मुद्दामा दोषी ठहर भई जेल बसेका थिए। प्रहरीले दिएको जानकारीअनुसार उनी कर्तव्य ज्यान १, डाँका १, चोरी ३ वटा गरी पाँच वटा मुद्दामा संलग्‍न रही पटक-पटक कारागरमा कैद बसेका थिए। उनी पछिल्लो पटक ११ वर्ष कारागारमा कैद भुक्तान गरी २०७७ साल जेठ १५ गते गणतन्त्र दिवसको दिनमा छुटेका थिए। त्यस्तै उनीविरुद्ध अहिले पनि ३ मुद्दा छन्। उनीविरुद्ध २०७९ वैशाख ११ गते काभ्रेपलान्चोकका लीलाबहादुर तामाङलाई खुकुरी प्रहार गरेको अभियोगमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा मोटरसाइकल चोरी मुद्दासमेत दर्ता भई अनुसन्धानको क्रममा समेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अधिकारीले जानकारी दिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

सिरहा:सशस्त्र प्रहरीको ठूलो सफलता : ११ क्विन्टलभन्दा बढी गाँजासहित दुई सवारीसाधन नियन्त्रण

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.