दाङ। दाङको देउखुरीमा स्कुल बसले किचेर तीन वर्षिया बालिकाको ज्यान गएको छ ।
गढवास्थित न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले सोही स्कुलमा पढ्ने गढवा गाउँपालिका-७ मानपुर उत्तर टोलकी ३ वर्षीया पूजा थापालाई किचेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार स्कुल छुट्टी भएर घर फर्किने क्रममा स्कुल बसबाट ओर्लिएकी बालिकालाई सोही बसको पछाडिको टायरले किचेको हो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















