चितवन । अविरल वर्षाका कारण खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।
नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ केरावारी माैरी पुल नजिकै र इच्छाकामना गाउँपालिका -६ काे २ र ३ नम्बर पुलकाे बीचमा खसेकाे पहिराेका कारण रातिदेखि नै यातायात अवरूद्ध बनेको छ । याे सडक राजधानी काठमाडाैंलाई देशकाे पूर्वी र पश्चिम भेगसँग जाेड्ने मुख्य मार्ग हाे ।
सडक खुलाउन मंगलबार बिहानैदेखि पहिराे हटाउन सुरू गरिएकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए । चितवनमा अविरल वर्षा भइरहेकाे छ ।















