परासी, । लागूऔषध मुद्दामा मुछिएका पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) को घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शन भएको छ । निर्दोष दुई ब्यक्तिलाई लागूऔषध कारोबारमा अध्यक्ष दीपक गुप्ताले नै आफ्नो सहयोगी मार्फत ठुलो मात्रामा लागूऔषध पठाई फसाएको भन्दै, उक्त मुद्दामा मुछिएपछि पाल्हिनन्दनका स्थानीयले घटनाको छानबिन गरि दोषीलाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हो ।
नेपाली काङ्ग्रेस नवलपरासीका नेता राजेन्द्र सहानी नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले, लागूऔषध प्रयोग गरि निर्दोषलाई फसाएको घटनाको सत्य तथ्य छानबिन गर्न, अनुसन्धानबाट आएको प्रतिबेदन सार्वजनिक गर्न र यसमा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै काङ्ग्रेस र जसपाका पाल्हिनन्दन स्तरीय कार्यकर्ताहरुले प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन।
काङ्ग्रेस पाल्हिनन्दन गाउँ कार्यसमितिका सभापति हरिहर चौहान, पार्टीका स्थानीय नेता राजेन्द्र सहानी लगायत काङ्ग्रेस र जसपाका सय भन्दा बढी कार्यकर्तासहित प्रशासन कार्यालय पुगेको टोलीले केस मिलाउन ठुला नेता र प्रहरीको सेटिङ भैरहेको कुरा बाहिर आएको हुनाले सोको चर्को बिरोध गर्दै विभिन्न दबाबमुलक नाराबाजी समेत गरेका थिए।
यस्तो छ घटनाको प्रकार
गत असार २२ गते जिल्लाको सुनवल नगरपालिका १२ भुमहीमा बिगत लामो समय देखि कबाडीको काम गर्दै आएका भारतिय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई एकजनाले रामग्राम १७ पिपरहियामा पुरानो ट्याक्टर हेर्न बोलाए। ट्याक्टर हेर्न बोलाउने गाउँपालिका अध्यक्षको सहयोगी पालिकाको कर्मचारी रघुनाथ धोबी रहेका थिए । ट्याक्टर हेर्न आएका ती दुबै जना कबाडी ब्यपारी फर्कन थालेपछि तपाईको झोला छुट्यो भनी धोबीले फोन गर्छन तर उनीहरु मेरो होइन भनी इन्कार गर्छन । धोबी त्यो झोला लिएर उनिहरुलाई बाटोमा भेटी तेरो झोला लेउकी लेउ भनी जिद्दी गर्न थाल्छन र प्रहरी बोलाउछ। प्रहरी आएर त्यो झोला हेर्दा ठूलो मात्रामा लागूऔषध भेटाएपछि ती दुबै कबाडी ब्यपारीलाई प्रहरीले नियन्त्रणमा लिन्छ। यो घटना पुरै सेटिङमा भएको राजेन्द्र सहानी बताउछ्न ।
पक्राउ पर्ने ती दुबै जना कबाडी ब्यपारीले हामिलाई गाउँपालिका अध्यक्ष दिपकले फसाईदियो भनी बर्बराउन थाले। अध्यक्ष दीपक र ती कबाडीबीच कबाडको कारोबार हुँदै आएको थियो। लामो समयसम्म अध्यक्ष दीपकले हिसाब किताब नगरेको, तिर्नु पर्ने रेटमा रकम नतिरेकाले उनिहरु अन्त करोबार गर्न थालेपछि उनीहरुलाई फसाउने र मार्ने समेतको त्रास धम्की अध्यक्ष दीपकले दिदै आएका थिए । र सोही अनुसार अध्यक्ष दीपकले योजना बनाई आफ्नो सहयोगी कर्मचारी रघुनाथ धोबीलाई प्रयोग गरि ती दुई निर्दोषलाई फसाएको ज्ञापनपत्रमा उल्लेख छ।
उक्त घटना बाहिर आएपछि प्रहरीको विशेष टोली प्ररिचालन गरि अनुसन्धान गर्न थाल्यो। अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार अध्यक्ष दीपक र रघुनाथ धोबीको पटक पटक कल भएको कल डिटेल भेटिएको छ। उक्त घटनाका मुख्य आरोपित रघुनाथ धोबी फरार थिए तर एक महिना पछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यता यो घटना मिलाउन अध्यक्ष दीपक प्रचण्डसम्म एक्सेस पुर्याई रहेको बजारमा हल्ला फिजिए पनि यस बिषयमा भने कुनै ठोस प्रमाण भेटिएको छैन। घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको नेता राजेन्द्र सहानीले, यसमा संलग्न दोषीलाई कार्बाही हुनु पर्ने माग गरेका छन । उनी भन्छन घटना ढाकछोप र अनुसन्धानमा फितलो गरियो भने चरणबद्ध आन्दोलनमा गर्ने चेतावनी समेत दिएका छन। 
यता अध्यक्ष दीपक गुप्ता आजभोलि दिनहु कार्यालय आएका छन। यो घटना मिलाउन लुक्दै काठमाडौ धाउदै आएको सहानी बताउछन।















