नवलपरासी। चर्चित सामसङ ब्राण्डका टिभी अब नेपालमै बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले बुधबार फ्याक्ट्री शिलान्यास गर्नुभएको छ ।
दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमही रोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।
विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन उनले लगानीकर्ताहरुलाई आग्रह गरे । अहिलेसम्म नेपालमा सामसङ टिभी गोल्छा अर्गनाइजेसनले आयात गरेर बिक्री वितरण गरिरहेको छ ।















