Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

महानगरपालिकाले अवैध संरचना भत्काएपछि ब्यापारीहरु आक्रोश

महानगरपालिकाले अवैध संरचना भत्काएपछि ब्यापारीहरु आक्रोश

काठमाडौ । काठमाडौँ महानगरपालिकाले नक्शा पास विना अवैध रुपमा बनाइएको काठमाडौँ मलको संरचना भत्काएको छ । महानगरपालिकाले बुधवार सुन्धारामा रहेको काठमाडौँ मलस्थित नक्शा पास बिना बनाइएका संरचनाहरुलाई डोजर लगाएर भत्काएको हो।

संरचना भत्काउनका लागि पुग्नुभएका एक नगर प्रहरीले अवैध संरचना हटाउनका लागि महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको र सम्बन्धित ठाउँमा पनि टाँस गरेको भएपनि अटेर गरेका कारण महानगरपालिकाले भत्काउनु परेको बताए। उनले कसैले पनि कानून जान्दिन भन्न नपाउने भन्दै कानूनको अवज्ञा कसैले गर्नु नहुनेमा जोड दिए। आफूहरु महानगरपालिकाले दिएको निर्देशनको पालनकर्ता भएको उनले बताए । काठमाडौँ मलको अवैध संरचना भत्काएसँगै स्थानीय व्यापारीहरुमा खैलाबैला मच्चिएको छ।

ADVERTISEMENT

एक व्यापारीले महानगरले अवैध संरचना भत्काउने काम स्वागतयोग्य भएपनि मानवताको हिसावले व्यापारीलाई केही समय दिनुपर्ने धारणा राखे। सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनको भनाई छ । अर्का व्यापारीले आफूहरुले सञ्चयकोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतीमा संरचना भत्काएको भए उपयुक्त हुने बताए। उनले आफूहरुको सम्झौता अनुसार अझै साढे दुई वर्ष भोगचलन गर्न बाँकी रहेकाले सञ्चयकोषसँग कुरा गर्ने पनि बताए । काठमाडौँ मलमै भेटिएका अर्का व्यापारीले आफूहरुले सम्झौता अनुरुप भाडा तिरिरहेको र राज्यलाई कर पनि तिरिरहेको भन्दै संरचना भत्काउँदा लगानी अनुरुपको क्षतिपुर्ति दिनुपर्ने माग गरे। व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उनले जोड दिए।

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित आरबि कम्प्लेक्समा पनि नक्शा पास विपरित बनाएको संरचना भत्काएको छ। सो स्थानमा ड्युटीमा खटिएका एक नेपाल प्रहरीका अधिकारीले संरचना भत्काउने मुल जिम्मेवारी महानगरको भएपनि आफूहरु सुरक्षाको निम्ति उपस्थित भएको बताए । उनले अण्डरग्राउण्ड पार्किङका लागि नक्शा स्वीकृत गरेर अन्य प्रयोजनका लागि प्रयोग गरिरहेको संरचनाहरु हटाउँदै जाने सूचना आफूले पाएको बताए । अवैध संरचना हटाउनका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ पुगेका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.