Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

साढे २ करोडको कम्पनी बेचेको पैसा माग्दा उल्टै क्षतिपुर्ति मुद्दा, प्रहरीको अनुसन्धानमाथि शंका

साढे २ करोडको कम्पनी बेचेको पैसा माग्दा उल्टै क्षतिपुर्ति मुद्दा, प्रहरीको अनुसन्धानमाथि शंका

बुटवल । पश्चिम नवलपरासीको सुनवलका प्रियव्रत श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो कम्पनी गत बैसाख ३ मा लुप नेटवर्क लि.लाई पौने तीन करोडमा बेचे । इन्टरनेट सेवा प्रदायक उनको कम्पनीका २ हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयां आम्दानी हुन्थ्यो । हुंदा खांदाको कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो क्षतिपुर्ति मुद्दाको झमेला खेप्नुपरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको लुप नेटवर्क लि.ले श्रेष्ठको एक्मी टेक्निकल इन्स्टिच्युट प्रालिलाई २ करोड ५० लाख रुपैयांमा २०७९ बैसाख ३ मा खरिद गरेको थियो । खरिद सम्झौता अनुसार पहिलो किस्ता वापत ७० लाख रुपैयां साउन १५ गते तिर्नुपर्ने थियो । लुप नेटवर्कले साउन १५ मा ७५ लाख,भदौ १५ मा २५ लाख,असोज १५ मा २५ लाखका दरले पुस १५ सम्म सबै रकम चुक्ता गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

लुप नेटवर्क लि.ले सिटिजन्स बैंक इन्टरनेसनलको साउन १५ कै मितिको ७० लाखको चेक एक्मीका पुर्व सञ्चालक प्रियब्रत श्रेष्ठलाई दियो । तर खातामा रकम नभएपछि उक्त चेक साउन २९,३१ र भदौ २ गते तीनपटक सम्म साटिएन । यसबीचमा श्रेष्ठले आफूलाई रकम अत्यावशयक भएकाले खातामा रकम जम्मा गर्न आग्रह गरे । यही विषयमा दुई पक्षबीच विवाद पनि भयो । भदौ ६ गते दुबै पक्ष जिल्ला प्रशासन कार्यालयमा छलफल गरी लुप नेटवर्कले सम्झौता अनुसार रकम भुक्तानी गर्ने सहमति भयो । तर लुप नेटवर्क लि.ले रकम भुक्तानी गर्नुको साटो भदौ १६ गते श्रेष्ठविरुद्ध कम्पनीलाई क्षति पु¥याएको भन्दै जिल्ला अदालतमा क्षतिपुर्तिको मुद्दा दर्ता ग¥यो । प्रशासनमा मिलापत्र भइसकेर रकम पाउने आशामा बसेका श्रेष्ठ लुप नेटवर्कका सञ्चालकले रकम नतिर्न आफूविरुद्ध योजनावद्ध षडयन्त्र गरेको महसुस गरी भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा लुप विरुद्ध चेक अनादरको उजुरी दिएको बताउंछन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

चेक अनादरको उजुरी दिन जांदा जिल्ला प्रहरी कार्यालयका प्रमुख र डीएसपीले बिहान ११ बजेदेखि सांझ साढे ६ बजेसम्म आलटाल र बहानाबाजी गरेको समेत श्रेष्ठको गुनासो छ । जिल्ला सरकारी वकिल कार्यालयमा गुनासो गरेपछि सांझ साढे ६ बजे मात्रै आफ्नो उजुरी दर्ता भएको उनले बताए ।

‘कारोबारको ऋण तिर्नका लागि १७ वर्ष मेहनत गरेर राम्रोसंग चलेको कम्पनी बेचेको थिएं,पैसा पाउने बेलामा घर न घाटको भएर उल्टो क्षतिपुर्तिको मुद्दा खेपेको छु’–पत्रकार सम्मेलन गरेर श्रेष्ठले भने–‘मलाई पीडामाथि पीडा र अन्याय भयो, प्रहरी प्रशासनको अनुसन्धानमा पनि शंका छ ।’ राष्ट्रिय अनुसन्धान विभागले लुप नेटवर्कको सुनवलस्थित कार्यालयको सीसीटीभी फुटेज हेर्दा सादा पोशाकमा गएका सई महेन्द्रराज काफ्लेले कम्पनीका कर्मचारी राजन कोइरालाबाट रकम लिएको देखिएकाले प्रहरी अनुसन्धानमाथि आशंका भएको श्रेष्ठले बताए । ‘प्रहरीले चेक बाउन्स मुद्दाको प्रतिवादीबाट रकम बुझेको ससिीटीभी फुटेज प्रमाण छ’–श्रेष्ठले भने–‘यो घटनाको उच्चस्तरीय छानवीन गरी पीडितलाई छिटो न्याय दिनुपर्छ ।’

अग्नि सिमेन्ट, चामल र दाल लगायतका उद्योगहरु चलाउंदै आएको एआरसीआईए (आर्सिआ) समूह अन्तर्गतको लुप नेटवर्कविरुद्ध ब्रोडलिंक कम्युनिकेसनले ९३ लाख र पश्चिम नवलपरासीकै शेरबहादुर गुप्ताले ४० लाख रुपैयां ठगेको भन्दै सम्बन्धित निकायमा मुद्दा दायर गरेका छन् ।

लुप नेटवर्कका सञ्चालक सतिष पोखरेलले श्रेष्ठले खरिद सम्झौताको आचारसंहिता विपरित क्रियाकलाप गरेका र कम्पनीलाई हानी नोक्सानी हुने काम गरेकाले क्षतिपुर्तिको मुद्दा दिएको प्रतिक्रिया दिए । श्रेष्ठलाई लुप नेटवर्कमा २५ लाख रुपैयांको शेयर पनि दिएकाले आफूहरु नै मर्कामा परेको भन्दै उनले यसबारे समाचार नलेख्न दबाब समेत दिए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका निमित्त प्रमुख डीएसपी भोजराज पाण्डेले लुप नेटवर्कविरुद्ध चेक अनादर मुद्दामा अनुसन्धान जारी रहेको बताए । ‘बैंकसंग डिटेल मागिरहेका छौं, सबै विवरण आएपछि मात्रै सत्य तथ्य थाहा हुन्छ’–पाण्डेले भने ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोशी ब्यारेजमा पानीको बहाव बढ्दो, ३७ ढोका खोलियो

सप्तकोशीको बहाव ३ लाख १६ हजार क्युसेक नाघ्यो, ४३ ढोका खुला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.