Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाही गर्ने एमालेको तयारी

स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाही गर्ने एमालेको तयारी

काठमाडौ । एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए ।

उनका अनुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ । गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा जानकारी गराएका छन् ।

‘प्रभु साहले षड्यन्त्र गर्नुभयो । ५ बजेसम्म टिकट खल्तीमा राख्नुभयो, उम्मेदवारी दिँदै छु भन्नुभयो, मसँग कुरा भएको थियो । तर, ५ बजे वारिसनामा पठाएर स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्नुभयो । यो धोका भयो, बेइमानी भयो,’ ओलीले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा भनेका छन् । साथै ओलीले साहले संदिग्ध गतिविधि गर्दै आएको सूचना पहिल्यै आए पनि विश्वास नगरेको बताए ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

रौतहटमात्र नभएर मधेस प्रदेशमै एमाले खाली गराउने गरी साहको गतिविधि भइरहेको सूचना सत्य रहेको उम्मेदवारी दर्ताले पुष्टि गरेको भन्दै ओलीले पनि उनीमाथि कारबाही गर्ने संकेत गरेका छन् । ओलीले साहबारे सार्वजनिक अभिव्यक्ति दिएपछि एमालेका जिम्मेवार नेताहरूले पनि धारणा सार्वजनिक गर्न थालेका छन् ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले साहलाई हरिया सर्पको संज्ञा दिँदै एक दिन डस्ने भएकाले ध्यान दिनुपर्ने बताएका छन् । ‘चुनावका बेला अन्तिम घडीमा टिकट नपाएका कारण पार्टी नै छाड्नेहरूकाबारेमा थप कुनै टिप्पणी गरिरहन आवश्यक छैन,’ सामाजिक सञ्जाल फेसबुकमा रिजालले लेखेका छन्, ‘तर, एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ, प्रभु साहजस्ता हरिया सर्पहरूले एक न एक दिन डस्छन् ।

आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वाकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र ’रिमोट कन्ट्रोल’बाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा (एमाले) लाई धोका दिए पनि मधेसमा नेकपा (एमाले) का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन ।’

चुनावको मुखमा मधेसमा एमालेलाई राजनीति धक्का दिनेगरी प्रभु साहले गतिविधि गरेको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने दबाब नेतृत्वमाथि बढिरहेको एमाले निकट स्रोतले जानकारी दियो ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

कोसीको पानी बस्तीमा पस्दा सप्तरीमा १७ परिवार प्रभावित, चार सुत्केरीसहित बाँधमा सारिए

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

गृह मन्त्रालयले १०० कर्मचारी सरुवा गर्‍यो, को कहाँ पुगे ?

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

बसपार्कका होटलबाट १७ महिला नियन्त्रणमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

पक्राउ परेकाहरूको रिहाइ माग गर्दै गोलबजारमा आन्दोलन, हिन्दू सम्राट सेनासहित स्थानीय सडकमा

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

सिरहामा प्रहरीद्वारा नै उठिबास पीडित कल्पना बालुन खुल्ला अकाशमुनि घर

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

अध्यक्षमा उम्मेदवारी दिने रामबालक यादवको घोषणा

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

शिक्षा र सामाजिक नेतृत्वपछि कांग्रेसको नगर सभापतिमा उमेश चौधरी

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

ग्रामीण महिलामा वित्तीय सचेतना बढाउँदै आठदिने तालिम

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.