बुलिङटार । नवलपुरको बुलिङटार गाउँपालिकामा आज बिहान भएको दर्शनार्थी सवार बस दुर्घटना हुदा घटनास्थलमा पाँचको मृत्यु भएको छ । भने, ३० जना घाइते भएका छन । घाईते सबैको उपचारको लागि भरतपुर पठाईएको छ ।
मृतक पाँच जनाको सनाखत भएको छ । मृतक मध्ये चार जना पाल्पाका रम्भा गाउँपालिका -१ का छन भने, एक जना स्याङ्जा गल्याङ नगरपालिका -९ का छ । रम्भा गाउँपालिका- १, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपरासी पूर्वको बुलिङटार -२ मथारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएको प्रहरी चौकी डेढगाउँले जनाएको छ ।
ना ६ ख ७५८० नम्बरको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेर भएको दुर्घटनामा ज्यान गुमाउनेमा पाल्पाका रम्भा गाउँपालिका- १ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका- ९ की ४५ वर्षीय फुलमाया विक रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत सन्तोष पाठकले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत र डेढगाँउ इलाका प्रहरी कार्यालयका ईस्पेक्टर जयराम वन्तको टोली खटिएको छ ।
घाईतेहरुको पूरा बिबरण:















