Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

घटना बारे छानविन गरी दोषीमाथि कारवाही गर्न एमाले र जसपाको माग

घटना बारे छानविन गरी दोषीमाथि कारवाही गर्न एमाले र जसपाको माग

सिरहा। सिरहा क्षेत्र नं.३ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएको मनोज कुमार सिंहको गाडीमा ढुंगा प्रहार गरी सिसा फुटाएको घटनाबारे छानविन गरी कानूनी कारवाही अगाडि बढाउन नेपाल कम्युनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टीले माग गरेको छ ।
एमाले र जसपाले संयुक्त पत्रकार सम्मेलन गर्दै त्यस्तो माग गरेको हो । निर्वाचित प्रदेशसभा सदस्य सिंह गोलबजारको धमिनी मन्दिरमा दर्शन गरी सिरहा क्षेत्र नं.२ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित भएका सत्रुधन प्रसाद सिंहलाई भेट्न जाने क्रममा गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहको घर नजिक केही उछृंखला व्यक्तिहरुले ढुंगा प्रहार गरी गाडिको सिसा फुटाएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

गोनपाका पूर्व मेयर साहको घर अगाडि सिंहको गाडिमा ढुंगा प्रहार गरी सिसा फुटाएको कुरा बाहिर आएपछि केही व्यक्तिहरु आक्रोशित भएको र सोही क्रममा साहको घरमा समेत सिसा फुटनु साथै स्थानीय श्रीचन साहको टाउँको फुटेको जनाइएको छ ।
‘घटना दुःखद र खेदपूर्ण छ तर हाम्रो पार्टीबाट यसमा कुनै गल्लती गरिएको छैन । हाम्रा पार्टीलाई बदनाम गर्न केही तत्व लागेको छ,’नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले भने,‘विजय ¥याली रोक्न र हारको रिस पोख्न कपोकल्पीत आरोप लगाइरहेका छन् । गलत आरोपको पछि लागेर हैन सही सत्य छानविन गरी दोषीमाथि कारवाही गरिनुपर्छ ।’
जित र हार लोकतान्त्रिक प्रक्रिया रहेकोले त्यसलाई सहज रुपमा लिनुपर्ने बताउदै उनले हारको आक्रोशमा नेकपा माओवादीका विश्वनाथ साहले नचाहिदो बखेडा झिकेर विवाद बल्झाउन लागेको नेकपा एमालेका जिल्ला अध्यक्ष मण्डलको आरोप छ । हुँदै नभएको कुरा झिकेर हाम्रा कार्यकतालाई मानसिक तनाव दिने क्रियाकलाप कसैबाट भए चुप लागेर बस्न नसकिने उनले प्रष्ट पारे ।
‘कुनै पनि हालतमा राजमार्ग अवरुद्ध नगर्ने भनी जिल्लाका राजनीतिक दलहरुबीच सहमति भएको थियो तर त्यसलाई बिर्सेर समान्वय विवादलाई लिएर माओवादी केन्द्रका कार्यकर्ताले राजमार्ग अवरुद्ध ग¥यो,’उनले भने,‘बिरामीलाई समेत समस्यामा पा¥यो । कानूनी राज्यको खिल्ली उडाउदै राजमार्ग अवरुद्ध गरेर गैरजिम्मेवार क्रियाकलाप ग¥यो ।’
हुँदै नभएको व्यक्तिहरुको नाम जोडेर त्रास पैदा हुने गरी एपक्षीय तरिकाबाट स्थानीय प्रशासनले केही हाम्रा कार्यकर्ताको मोवाईल ट्रेस गर्ने र राती राती घरमा नचाहिदो तरिकाले खानतलासी गर्ने गरेको कुराप्रति एमाले जसपाको ध्यानाकर्षण भएको जसपा जिल्ला अध्यक्ष अशोक यादवले बताए ।
घटनाको प्रकृति र मानव अधिकारका सवालहरुलाई समेट्दै छानविन गर्न स्थानीय प्रशासनसँग हाम्रो आग्रह रहेको जसपा अध्यक्ष यादवले भने,‘छानविनको नाउँमा अनावश्यक तनाव दिने गरी स्थानीय प्रशासनले एकपक्षीय क्रियाकलाप भयो भने त्यसले नराम्रो अवस्था सृजना गर्न र त्यसको जिम्मा प्रशासनलाई लिनुपर्छ ।’

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.