नवलपरासी / पुस ३०।पश्चिम नवलपरासी रामग्राम नगरपालिका वार्ड नं ८ लोसहडा स्थित धर्मेन्द्र यादवको पाल्हि एग्रो फार्म प्रा.लि. (कुखुरा फर्म) मा ठूलो परिमाणमा अबैध चिनी लुकाई छिपाई राखेको ६३ लाख मुल्य बराबरको चिनी बरामद भएको छ।
बिशेष सूचनाको आधारमा राजश्व अनुसन्धान कार्यालय बुटवलबाट राजश्व अनुसन्धान अधिकृत, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) बाट प्रहरी निरीक्षक र शशस्त्र प्रहरी बल २६ नम्बर गण हे.क. नवलपरासी (ब.सु.प.) बाट स.प्र.नि. को संयुक्त टोलीले उक्त एग्रो फार्ममा छापा मारी अं रु ६३ लाख ११ हजार २ सय ५० मुल्य बराबरको १६८३ बोरा (८४१.५ क्वीन्टल) चिनी बरामद गरि आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी का सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयाे।
नवलपरासीको सीमा क्षेत्रबाट हुने चोरी निकासी अबैध तस्कारी नियन्त्रण कार्यमा उदासिनता देखाएको भन्दै गृहमन्त्रलयले कडाई आदेश दिएअनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासी कडाई गरेको छ।
सीमा नाकाबाट सबैभन्दा बढी चिनी, कपडालगायतका सामाग्रीको तस्करी हुँदै आए पनि प्रहरी मौन रहेको आरोप लाग्दै आएपछि पनि चोरी निकासी नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई प्रहरी हेड क्वाटरले केही दिनअघि तानेसँगै सीमा नाकाका इन्चार्जलाई पनि तानिएको जिल्लास्थित प्रहरी स्रोतले जनाएको छ ।
तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्ती अभियन सुरु गरे संगै हप्ता नवितदै १ करोड बराबरको चिनी, कपडा लागयतका समान भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी भाेज राज पाण्डेयले जानकारी दिनुभएको छ।















