Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एउटै ठाउँमा वर्षेनी काम, ५४ लाख झ्वाम :बलान नदी बन्यो कमाई खाने भाँडो

एउटै ठाउँमा वर्षेनी काम, ५४ लाख झ्वाम :बलान नदी बन्यो कमाई खाने भाँडो

लहान१८ फागुन । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीले बलान नदी नियन्त्रणको नाममा एउटै ठाउँमा वर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आएको पाइएको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका–१ मल्हनियाँस्थित नदी नियन्त्रणको नाममा दुई वर्षयता ५४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको हो । यद्यपी, गत वर्ष पनि काम भइरहेकै बेला सो ठाउँमा बाँध भत्किएको थियो ।

गत वर्ष मात्रै कार्यालयले नदी नियन्त्रण गर्न सो ठाउँमा उपभोक्ता समितिमार्फत २३ लाख ४९ हजार ३ सय ४५ रुपैयाँ खर्च गरेको थियो । कार्यालयले सोही गाउँपालिका वडा नम्वर १ बस्ने महेशकुमार यादव (उपभोक्ता समितिका अध्यक्ष) लाई सो ठाउँमा नदी नियन्त्रणको काम गराउने जिम्मेवारी दिएको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

कार्यालयले महेशमार्फत सो ठाउँमा काम गराएको पहिलो पटक भने होइन । त्यसअघि पनि आर्थिक वर्ष ०७८–०७९ मा सो ठाउँमा नदी नियन्त्रणको नाममा १० लाख ७ हजार ३ सय ७० रुपैयाँ खर्च भएको छ । सो काम पनि महेशले नै गरेको कार्यालयको तथ्यांकले देखाउँछ ।

त्यति मात्रै होइन् । सोही वर्ष कार्यालयले महेशका आफ्नै दाजु कृष्णकुमार यादव (उपभोक्ता समितिका अध्यक्ष) मार्फत सोही ठाउँमा २१ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको छ । कृष्णमार्फत पनि सोही ठाउँमा २१ लाख २ हजार ९ सय ३९ रुपैयाँ गरी दुई वर्षयता नदी नियन्त्रणको नाममा कुल ५४ लाख ५९ हजार ६ सय ५४ रुपैयाँ खर्च गरिएपनि काम भने बजेट सिध्याउनैका लागि मात्रै हुने गरेको स्थानीयहरु बताउँछन् ।

‘सात वर्षअघि नै यहाँ बाँध बनाईयो, त्यसपछि केही काम भएको छैन्’ स्थानीय रोहित पासवानले भने, ‘दुई वर्षयता बाढीको बेला २०–२५ वटा बोरामा वालुवा होलेर थामथुमको प्रयास गर्ने गरेको देखिन्छ तर उपलब्ध शून्य छ, अहिले पनि नदी उस्तै छ । ५४ लाखको काम भएको विषय तपाईकै मुखबाट सुने, खैं केमा खर्च गर्यो ।’

वडा अध्यक्ष रामकुमार यादवले काम भएको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताए । ‘काम गराउने भएपछि वडाबाट पनि सिफारिस लिने चलन रहेको छ तर वडालाई कुनै जानकारी गराइएको छैन् भने सिफारिस पनि लिएको छैन्’ उनले भने, ‘कुन हिसावले काम गर्यो त्यो मलाई थाहा भएन, बाँध अहिले पनि भत्किएकै अवस्थामा छ ।’

महेशले बाढी आएको बेला आपत्तकालिन काम गरेको बताए । ‘नदी नियन्त्रणको काम गरेको छु’, उनले भने ।

डिभिजन प्रमुख रमणकुमार साहले बाढी आएको बेला आपत्तकालिन काममा सो रकम खर्च भएको बताए । ‘त्यो हिटिङ पोइन्ट हो, त्यहाँ काम भएको छ तर यस वर्षदेखि वारम्वार एउटै ठाउँमा काम गर्नेलाई काम दिइने छैन्’ उनले भने, ‘यस वर्ष त्यहाँ काम भयो भने बोल्डर–जाली हालेर काम हुन्छ, अन्यथा हुँदैन् ।’

उता, गत वर्ष वडा नम्वर ४ वेल्हीस्थित बलान नदीमै २ करोड ७६ लाख २२ हजार ६ सय ७३ रुपैयाँ खर्चेर भएको बाँध र स्पर निर्माणमा अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।सभार मधेश लाइभ

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.