Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

भ्रष्ट अधिकृत श्रीवास्तवको भ्रष्टाचारजन्य कार्य बढदै, नियमनकारी निकाय मौन

भ्रष्ट अधिकृत श्रीवास्तवको भ्रष्टाचारजन्य कार्य बढदै, नियमनकारी निकाय मौन

रंजित चौरसिया,वीरगंज २३ फागुन।पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचारजन्य कार्यलाई निरन्तरता दिदै नगरपालिकालाई घिनाउने काममा तल्लिन देखिएका छन् ।
सो कार्यालयमा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएतापनि मेयर प्रद्युमन प्रसाद चौहान र उपमेयर रुबी ठाकुर बीच झगडा लगाउदै मेयरको सहयोगमा निमित्त बन्दै आएको कर्मचारी स्रोतको भनाई रहेको छ । अधिकृत श्रीवास्तव हेल्थ ईन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि उनी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भेटी चढाउदै आफ्नो म्याद थप्न लगाउदै आगामी अषाढ मसान्तसम्मको म्याद थप गराएको ती स्रोतको भनाई रहेको छ । नगरपालिकाको प्रत्येक भुक्तानी हुनु भन्दा अगाडि अनिवार्य पर्सनल कमिशन (पिसि) बुझेपछि मात्र भुक्तानी दिने गरेको बताईन्छ ।
अग्रिम पिसि नदिने सेवाग्रहीहरुलाई रकम खातामा नभएको भन्दै अधिकृत श्रीवास्तवले झुक्याउदै आएको बताईन्छ । स्रोतका अनुसार पछिल्लो समय चन्दन कन्ट्रक्सनका सञ्चालक चन्दन पटेल लगायतका दर्जनौ सेवाग्रहीहरुले भुक्तानी पछि पिसि दिन्छौं भनि भन्दा पनि अधिकृत श्रीवास्तवले अग्रिम पिसि नआए भुक्तानी नगर्ने प्रतिबद्धता जनाउदै आएको बताईन्छ ।
भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत श्रीवास्तवले विकास निर्माणको कार्यमा २० प्रतिशत र सामाजिक विकास तथा लक्षित वर्गको कार्यक्रममा कम्तिमा ३० प्रतिशत र बढीमा ५० प्रतिशतसम्म पिसि लिने गरेको स्रोतको भनाई रहेको छ । भ्रष्ट अधिकृत श्रीवास्तवको कार्यशैलीले कार्यालयको प्रायः कर्मचारी र जनप्रतिनिधिहरु लज्जित हुदै गए पनि मेयर चौहान र उपमेयर ठाकुर लगायतकाले जिम्मेवार नबन्दा अधिकृत श्रीवास्तवको कारण नगरपालिका थप बदनाम हुदै गएको कर्मचारी श्रोतको कथन रहेको छ ।
“सूर्य अस्त नेपाल मस्त” को उखानलाई अधिकृत श्रीवास्तवले चरितार्थ गर्दै साँझ भए पछि रक्सी खानमा तलिल्लन देखिन्छन् । अधिकृत श्रीवास्तवले कार्यालयबाट निस्केपछि चण्डालचौक वा बाईपासको एकाधवटा होटलमा दैनिक रक्सीको मातले मस्त रहने गरे पनि पछिल्लो समय पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजु दास र श्रीवास्तव प्रायः साँझको बेला अस्पतालकै एउटा क्वाटरमा मौजमस्ती गर्नै गरेको स्रोतले जनाएको छ ।
भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति जोडन सफल भएका भ्रष्ट अधिकृत श्रीवास्तवको दरबन्दी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिकामा रहेको स्रोतले जनाएको छ । शुक्लागण्डकी नगरपालिकामा कार्यरत्त रहंदा करोडौं करोड भ्रष्टाचार गरी पोखरामा आलिशान महल ठड्याएका अधिकृत श्रीवास्तवले वीरगंजको मुर्लीमा पनि आलिशान महल बनाउन सफल भएको स्रोतको भनाई रहेको छ ।
यसको अलावा हेटौंडा, वीरगंज र कलैया लगायतका ठाउँहरुमा घडेरीहरु पनि किन्न सफल भएको बताईन्छ । भ्रष्टाचारको मामिलामा “दिन दु गुना रात चौगुना” प्रगति पथमा अगाडि बढिरहेका अधिकृत श्रीवास्तव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा पोखरियावासीहरु आश्चर्यमा रहेका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.